६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री

नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउँदै मुख्यमन्त्री राई। तस्बिर : चुमन बस्नेत

विराटनगर - प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ।   प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  चार जना राज्यमन्त्री थप गरेका हुन्। जसमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर रानामगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास छन्।

गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्री, रानामगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, गजमेरलाई सामाजिक विकास राज्यमन्त्री, विश्वासलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

उनीहरुलाई मुख्यमन्त्री राईले आइतबार नै पद तथा गोपनियताको सपथ गराए।

 

 

 

 

प्रकाशित: ५ माघ २०७६ १०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App