८ वैशाख २०८१ शनिबार
समाज

गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति

काठमाडौं - गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

एक कार्यक्रममा भाग लिन जाने क्रममा विमानस्थलमा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन्। भिडियो सन्देशमा उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी थिइन्। आस्थाले भिडियो सन्देशमा अपशब्द प्रयोग गरेपछि महिला प्रहरीले अास्थाविरूद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन्।

प्रकाशित: ५ माघ २०७६ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App