coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

चितवन-सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झैं पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले आफ्नो यसमा निरन्तर जोड रहने बताए।
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प नभएकाे बताए।

संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए।

सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गरेका थिए। भवन गत वर्षे आजकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ । रासस

प्रकाशित: १० पुस २०७३ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App