coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकको बाह्रबिसेमा निषेध आज्ञा जारी

सिन्धुपाल्चोक - सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउने अभियानको समर्थन र विरोधमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले जिल्लाको बाह्रबिसेमा नगरपालिकामा निशेधआज्ञा जारी गरेको छ। आइतबार बिहान आठ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निशेधआज्ञा जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।

नगरपालिकाले शुक्रबारदेखि सडकपेटी अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन थालेपछि त्यसको विरोध गर्दै केही स्थानीय निरन्तर विरोधमा उत्रिरहेको छन्। अभियानको विरोध गर्दा शुक्रबार खुर्सानीबारीमा झडप समेत भएको थियो भने शनिबार स्थानीयले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको थिए।

समर्थन र विरोधी प्रदर्शनले शान्ति भंग हुनसक्ने भन्दै स्थानीय प्रशासनले निशेधआज्ञा जारी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित: ५ माघ २०७६ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App