७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चिनियाँ रहस्यमयी भाइरसबाट ५० जना प्रभावित भएको पुष्टि

एजेन्सी - हालै चीनको वुहानमा देखिएको रहस्यमयी भाइरसबाट प्रभावित हुनेको संख्या आँकलन आधिकारिक रुपमा पुष्टि गरिएभन्दा धेरै रहेको वैज्ञानिकहरुले जानकारी गराएका छन्। उक्त भाइरसबाट ५० जना प्रभावित भएको आधिकारिक रुपमा पुष्टि भएपनि वैज्ञानिकहरुले झण्डै एक हजार सात सय जना प्रभावित भएको दाबी गरेका छन्।

उक्त भाइरसका कारण स्वासप्रस्वासमा समस्या हुँदा दुई जनाको मृत्यु भइसकेको  जनाइएको छ। उक्त भाइरस डिसेम्बरमा चीनको वुहान सहरमा देखिएको थियो। यो भाइरसलाई लिएर म एक साता भन्दा पहिले भन्दा अहिले बढि सम्वेदनशिल भएको छु,’ प्रकोप वैज्ञानिक प्रोफेसर नेइल फेर्गुसनले भने। यस विषयमा एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालिस्टले इम्पेरियल कलेज लण्डनमा अनुसन्धान गरेको थियो। जसले बेलायत सरकार र विश्व स्वास्थ्य संगठनलाई समेत सल्लाहकार दिने काम गर्छ।

 सिंगापुर र हङकङले  वुहानबाट आउने हवाई यात्रुको स्वास्थ्य जाँच सुरु गरेका छन्। अमेरिकाले समेत शुक्रबारबाट हवाई यात्रुहरुहरुमा उक्त भाइरसको जाँच सुरु गरेको छ। अमेरिकाका मुख्या विमानस्थलहरु सन फान्सिस्को, लस एन्जल्स र न्यूयोर्कमा हवाई यात्रुमा चिनियाँ भाइरससम्बन्धी जाँच सुरु गरिएको छ। उक्त भाइरसको प्रकोप चीनको वुहानमा फैलिएको बताइएपनि थाइल्याण्ड र जापानमा पनि उक्त भाइरस संक्रमण भएको दुई घटना फेला परेका छन्। ‘यसले मलाई चिन्तित बनाएको छ,’ प्रोफेसर फेर्गुसनले भने। उनले थपे, ‘हुवानबाट उक्त भाइरस अन्य तीन मुलुकमा पुगेको छ, त्यो संख्या अनुमान गरेभन्दा बढी हुनसक्छ।’  

भाइरसबाट प्रभावितबारे वास्तविक तथ्यांक पत्ता लगाउन असम्भव भएपनि प्रकोपको अवस्था र स्थानीय जनसंख्या तथा उड्डेन तथ्यांकबाट यसको प्रभाव अनुमान गर्न सकिने वैज्ञनिकहले बताएका छन्।  वुहान अन्तर्राष्ट्रिय विमानस्थले एक करोड ९० लाख मानिसहरुलाई सेवा प्रदान गर्ने भएपनि भएपनि दैनिक तीनहजार चार सय अन्तर्राष्ट्रिय यात्रुले उक्त विमानस्थलमार्फत यात्रा गर्ने गरेका छन्। प्रोफेसर फेर्गुसन भन्छन्, ‘यसबारेमा सुरैमै सचेत गराइएको थियो।’ तर उले आफू यस विषयमा एक साता पहिले भन्दा अहिले बढी संवेदनशील भएको बताएका छन्। चिनियाँ अधिकारीहरुले भने उक्त भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरेको नपाइएको जनाएका छन्।

उनीहरुले उक्त भाइरसको संक्रमित जनावरको माध्यमबाट वुहानमा सरेको दाबी गरेका छन्। प्रोफेसर फेर्गुसनले भने अहिलेसम्मको अवस्थालाई तुलना गर्दा मान्छेबाट मान्छेमा सर्नसक्ने अवस्थाबारेमा गम्भिर ढंगले विचार गर्नुपर्ने बताउँछन्। उनी यो भाइरस कसरी फैलिरहेको छ भन्ने बारेमा बुझ्न सके यसको खतरा आँकलन गर्न सकिने बताउँछन्। उक्त भाइसरबाट संक्रमितबाट नुमना संकलन गरी विश्लेषण गरेपछि चिनियाँ अधिकारी र विश्वस्वास्थ्य संगठनले उक्त भाइरस कोर्नाभाइरस भएको निष्कर्ष निकालेको थियो। चिसोका कारण लाग्ने उक्त भाइरसले स्वासप्रस्वासमा समस्या देखिने गर्छ। सन २००२ मा चीनमा उक्त भाइरसबाट आठ हजार ९८ मानिसहरु संक्रमित भएकामा उक्त भाइरसको प्रकोपबाट ७७४ जनाको मृत्यु भएको थियो। उक्त नयाँ भाइरसको वंशाणु कोड विश्लेषण गर्दा यो सार्स कोर्नाेभाइसरसँग मिल्दोजुल्दो देखिएको वैज्ञानिकहरुले बताएका छन्।

वेलकम मेडिकल रिसर्च च्यारिटीका निर्देशक डा. जेरेमी फारर यो महामारिको प्रभाव बढ्न सक्ने भन्दै अनिश्चितताकाबीच केही तहसम्म मान्छेबाट मान्छेमा समेत सरेको बताउछन्। ‘हामीले चीन र अन्य मुलुकबाट पनि संक्रमणका घटना सुन्न थालेका छौँ, अन्य कैयौँ मुलुकहरुमा थुप्रै संक्रमणका घटना हुनसक्छन्,’ उनले भने। युनिभर्सिटी अफ नोटिङघमका प्रोफेसर जोनाथन बल  ठूलो परिणाममा प्रयोगशाला परीक्षण नभएकाले वास्तविक तथ्यांक पत्ता लगाउन अप्ठेरो भइरहेको बताउँछन्। उनी अहलेसम्मको आँकडा अनुसार ४१ वटा घटना जनावरबाट मान्छेमा सरेको पाइएको र  यो आंकडा अझ धेरै हुनसक्ने बताउँछन्।

प्रकाशित: ५ माघ २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App