६ वैशाख २०८१ बिहीबार
खेल

आयोजक एभरेस्ट च्याम्पियन

काठमाडौं – एभरेस्ट मार्सल आर्ट्स कराते च्याम्पियनसिपमा आयोजक एभरेस्ट मार्सल आर्ट्स ट्रेनिङ क्लब च्याम्पियन भएको छ।

रविभवनस्थित एभरेस्ट मार्सल आर्ट्स ट्रेनिङ क्लबमा आयोजित च्याम्पियनसिपमा आयोजक एभरेस्टले ८ स्वर्णसहित ९ रजत र ११ कांस्य पदक जित्यो। एभरेस्टले टिम च्याम्पियनको उपाधि उचाल्दा कुमुतेमा ७ स्वर्ण जित्दा कातामा एक स्वर्ण प्राप्त गरेको थियो। आयोजककी सुविता गौतमले काता र कुमुते दुवैमा स्वर्ण जित्न सफल भइन्। सुविताले कुमुतेतर्फ २० केजी तौलसमूह मुनि स्वर्ण जितेकी थिइन्।

एभरेस्टका लागि कुमुतेतर्फ अन्भी साहीले १५ केजीमुनि, सन्तोषी पराजुलीले ४५ केजीमुनि तथा पुरुष ५० केजी तौल समूहमूनि प्रकाश बस्नेत, ४५ केजी तौलसमूहमा छिरिङ बुद्ध, १५ केजी तौलसमूहमुनि छिरेन्जेन लामा, ४० केजी तौलसमूहमुनि भेषराज दाहालले स्वर्ण दिलाएका थिए। बंगलामुखी डोजो दोस्रो स्थानमा रह्यो। बंगलामुखीले पाँच स्वर्ण र ४ कांस्य जित्न सफल भयो। चार स्वर्ण, २ रजत र एक कांस्य जितेको लुभु डोजो तेस्रो भयो।

पुरुषतर्फ बंगलामुखी डोजोका मनीष स्याङतान तथा महिलामा आयोजक टोलीकी सुविता गौतम उत्कृष्ट खेलाडी घोषित भएको एभरेस्ट मार्सल आर्ट्स ट्रेनिङ क्लबका प्रशिक्षक रवि शाहीले जानकारी दिए। विजयी खेलाडीलाई राष्ट्रिय गोजुरियो कराते संघका अध्यक्ष गणेश कार्की, आयोजक टोलीका प्रशिक्षक रवि साही र आयोजक क्लबकी कार्यकारी प्रमुख रञ्जिता रिजाललगायतले पुरस्कृत गरे।

प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले गरेका थिए। सो अवसरमा वरिष्ठ प्रशिक्षक अकबर शाह, प्रशिक्षक वीरकृष्ण शाही, संघरत्न महर्जन, मधु लामा र विनोद शाक्यलाई सम्मानित गरिएको थियो। शाक्य ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता र १३औं सागका कांस्य पदक विजेता हुन्।

प्रकाशित: ५ माघ २०७६ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App