coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अटो दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

उदयपुर- उदयपुरमा अटो दुर्घटनामा पर्दा खोटाङका एक जनप्रतिनिधिको मृत्यु भएको छ। उदयपुरको बेलटार–बंशिलाघाट सडक खण्डमा अटो दुर्घटना हुँदा खोटाङ जन्तेढुंगा गाउँपालिका १ का वडा सदस्य ३५ वर्षीय गणेश खड्काको मृत्यु भएको हो।

जिल्लाको चौदण्डीगढी नगरपालिका ६ बेलटारबाट आफैले चलाएर खोटाङ घरतर्फ जाँदै गरेको स १ ह ३२३७ नं. को अटो चौदण्डी-१ को बंशिलाघाटमा शुक्रबार राति दुर्घटनामा पर्दा गम्भीर घाइते भएका खड्काको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

राति भएको दुर्घटनामा अटोमा एक्लै सवार रहेका कारण दुर्घटनाबारे कसैलाई थाहा नभएकाले उपचार ढिला हुन गई उनलाई बचाउन नसकिएको वडाध्यक्ष केदारमान राईले बताए। उनी दुर्घटामा परेको कुरा आइतबार बिहान मात्र थाहा पाएर स्थानीय र ट्राफिकले उद्धार गरी प्रााथमिक स्वास्थ्य केन्द्र बेलटार ल्याएर उपचार गराइएको बेलटारका ट्राफिक हवल्दार तिलक पौडेलले बताए।

सडकबाट १ सय ५० मिटर तल खसेको अटोमा उनी एक्लै सवार रहेकाले राति कसैले नदेख्दा बिहान मात्र उद्धार गरी अस्पताल ल्याइए पनि संभव नभएपछि थप उपचारका लागि धरान लगिएकोमा दिउँसो मृत्युको खबर आएको पौडेलले बताए।

वडाध्य राईका अनुसार तत्कालीन नेकपा (माओबादी) को तर्फबाट जन्तेढुंगा १ बाट सदस्य निर्वाचित खड्का केही समययता अटो किनेर चलाउँदै आएका थिए।
            
    

 

प्रकाशित: ४ माघ २०७६ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App