प्रभावित क्षेत्रमा विधुत विस्तार नहुँदा विरोध, दर्जनौ सवारी साधनमा आगजनी

शनिबार, ०४ माघ २०७६, १८ : ५८ शेरबहादुर जेरो

ओखलढुंगा- सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाका स्थानीयले गाउँमा विधुत विस्तारको माग गरेका छन्। सोलु करिडोरबाट प्रभावित क्षेत्रमा पर्ने तिङ्लामा विधुत विस्तार गर्न यहाँका स्थानीयले माग गरेका हुन्।

विधुत विस्तारको माग राख्दै स्थानीयले विरोध गरेका छन्। विरोधका क्रममा शनिवार तिङ्ला लाम्मानेमा स्थानीयले करिब एक दर्जन मोटरसाईकलमा आगजानी गरेका छन्। आफ्नो क्षेत्रमा विधुत विस्तार नगरी सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेमा विद्युतको केन्द्रीय प्रसारण लाईन जडान गरीएको भन्दै स्थानीय आक्रोसित बनेका हुन्।

शनिबार पत्तालेमा केन्द्रीय प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम पनि तिङ्लाबासीले अवरोधपछि विथोलिएको छ। स्थानीयले ११ वटा मोटरसाईकल र एउटा बोलेरोमा जथाभावी रुपमा आगजनी गरेको सोलुखुम्बुबाट सुवास दर्नालले जनाएका छन्। हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नगरी पत्तालेमा उद्घाटन गर्न लागेको भन्दै तिङ्लाका स्थानीयले विरोध जनाउदै आएका थिए।

संघिय सांसद हेमकुमार राईले शनिबार पत्तालेमा केन्द्रीय विधुत उद्घाटन गर्ने कार्यक्रम थियो। स्थानीयको अवरोधपछि कार्यक्रम रोकिएको छ। झडपको स्थिती सृजना भएपछि अतिथिहरुबीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन्। तिङ्लाबासीले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन्।

सडक अवरुद्ध भएसँगै काठमाण्डौ र ओखलढुंगाबाट सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमानै अलपत्र परेका छन्। यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad