coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कवाडीमा बन्यो बेलिब्रिज, हुम्ला पनि सडक सञ्जालसँग जाेडियाे

कणाली करीडोर अन्तर्गत बाजुरा र हुम्ला जोड्न कवाडीमा निर्माण गरिएको बेलिब्रिज। फोटो: नागरिक

बाजुरा - सडक सञ्जालसँग नजोडिएको हुम्लामा एक महिना भित्र सवारी साधान पुग्ने निश्चित देखिएको छ। निर्माण जिम्मा लिएको नेपाली सेनाले बाजुरा र हुम्लाको कवाडीमा बेलिब्रिज निर्माणसँग सडक सञ्जालसँग जोडिने निश्चित भएको हो।

एक महिना भित्र हुम्लामै सवारी साधन सञ्चालन गर्ने गरी सेनाले काम तिब्र पारेको छ। कर्णाली करिडोर अन्र्तगतको बाटोमा पर्ने कवाडी नदीमा बेलिब्रीज निर्माणसँगै बाजुरा र हुम्ला सडकसँग जोडिएका हुन्। पुलको सहाराले जोडिएका हुम्ला र बाजुरा एक महिना भित्र सडकमा पनि जोडिने भएका हुन्। सेनाले कवाडी खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको बताएको छ। बेलिब्रीज गएको असोज भित्र निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको सेनाले लगातारको पानीले समयमै काम सम्पन्न नभएको बताएको छ।

समान ढुवानीदेखि अन्य काम पनि बर्षादको समयमा समस्या आएको थियो। कवाडी नदीमा बेलिबिज्रको कामसम्पन्न भएसँगै हुम्लामा सवारी समाधान सहज रुपमा सञ्चालन हुने भएका छन्। खच्चड, भेडा र मान्छेले ढुवानी गर्नु पर्ने बाध्यता केही समयमै हट्ने ताजाकोट मैला गाँउपालिका अध्यक्ष बागदल मल्लले बताएका छन्। सडकसँग जोडिएसँगै हुम्ला जिल्लाको तल्लो क्षेत्रका स्थानीय खुसी भएका छन्।

महिना दिनभित्र हुम्लाको अदानचुली गाँउपालिकाको गल्फागाड सम्म यातायात सञ्चालन हुने कर्णाली करीडोरको तिथिचौर क्याम्पका सह सेनानी शंकर सिलवालेल बताएका छन्। कवाडी नदीमा बेलिबिज्र बनेपछि हुम्ला क्षेत्रको कम्तीमा १६ किलोमिटर बाटोमा यातायात सञ्चालन हुने देखिन्छ। हुम्ला र बाजुारको सिमानामा पर्ने कवाडी नदी सम्म ८४ किलोमिटर रहेको छ। त्यहाँ बाट अदानचुलीगाँउपालिकाको गल्फागाड सम्म १६ किलोमिटर रहेको छ।

गाडी चढ्ने रहरसँगै सहज ढुवानी सेवा पनि पाउने भएपछि स्थानीय खुसी देखिएका छन्। हुम्ला बासी बर्षौदेखि हिँडेर नै यात्रा गर्नु पर्ने र महँगीको मार सहनु पर्ने बाध्यतामा छन्। सडक निर्माणमा पनि सेनाले तिब्र गतिका साथ काम गरिरहेको छ।

हुम्लाका स्थानीयले हाल हप्तादिन बढी हिँडेर बाजरा कालिकोट पुगेर गाडीको यात्रा गर्ने गरेका थिए। सवारी सुविधा नहुँदा महँगो हवाइ भाडा खर्च गर्नु पर्ने बाध्यता पनि रहेको छ। विरामीलाई समेत समयमै सुविधा सम्पन्न अस्पतालमा पुर्याउने आशमा हुम्ला बासी छन्।

नेपाली सेनाले जिम्मालिएको कर्णाली करीडोर कालिकोटको लालु देखीहुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ। कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्लाजिल्लामा रहेको छ। सेनाले यो सड्कको जिम्मा २०७१ चैत बाट सुरु गरेको थियो।

लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषितग र्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । यस सडकको निर्माणमा २ अर्ब ८४ करोड ११ लाख १६ हजार रुपैयाँखर्च हुने अनुमान छ।

प्रकाशित: ४ माघ २०७६ १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App