coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

शीर्ष वरियता खेलाडीको विजयी सुरुवात

वुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु ।

धनकुटा–सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत राष्ट्रिय वुद्धिचाल(चेस) प्रतियोगिता शनिवारदेखि धनकुटामा सुरु भएको छ । पहिलो दिन शीर्ष बरियताका धेरै खेलाडीले जित हात पारेका छन्।

खुला तर्फ शीर्ष बरियताका नेपाल आर्मी क्लबका केशब श्रेष्ठले मध्यपश्चिमका तीर्थ विकलाई,  दोश्रो बरियताका मध्यमाञ्चलका मदनकृष्ण कायस्थले मध्यमाञ्चलकै रबिन्द्र थापालाई, नेपाल आर्मीका भुपेन्द्र निरौलाले सुदुरपश्चिमका किर्तबहादुर जोरालाई र चौथो बरियताका खेलाडी क्षितिज भण्डारीले मध्यमाञ्चलका सञ्जय मर्हजनलाई पराजित गरे ।
पूर्वाञ्चलका सुमन राइले ओलम्पियाड खेलाडी सजिन मर्हजनलाई हराए । एपीएफका सुमित पन्त र सुदुरपश्चिमका प्रकास ओझाले समेत विजय सुरुवात गरेका छन् ।
महिला तर्फ नेपाल आर्मीकी मोनालीसा खुम्बु, सुजना लोहनी र सिन्दीरा जोशीले विजयी सुरुवात गरे  ।

प्रतियोगिता अन्तरगत खुला तर्फ ३८ तथा महिला तर्फ २५ खेलाडी सहभागि छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बुद्धीचाल संघको संयोजनमा जारी प्रतियोगिताको प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले उद्घाटन गरे ।
 

प्रकाशित: १० पुस २०७३ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App