coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पौडी खोल्न गएका दुईजना नदीमा वेपत्ता

चितवन–त्रिशुली र राप्ती नदीमा बगेर चितवनका दुईजना वेपत्ता भएका छन्। कविलास गाविस–१ जुगेडी नजिकबाट त्रिशुली नदीमा पौडी खेल्न गएका २० वर्षीय इमानसिंह लामा शनिबार दिउँसो तीन बजेदेखि वेपत्ता भएका छन्। कालिका नगरपालिका–४ जुटपानी घर भएका लामा जुगेडीको नमस्ते होटलमा काम गर्दथे ।

पौडी खेल्न भएको युवक नदीमा डुबेर वेपत्ता भएको खबर आउना साथ प्रहरीले खोजी कार्य सुरु गरे पनि अवस्था पत्ता नलागेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। त्यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–१६ कठार गाउँ नजिक राप्ती खोलमा पौडी खेल्न गएका  १८ वर्षीय प्रविण राई पनि वेपत्ता छन् ।

खैरहनी नगरपालिका–६ घर भएका राई दिउँसो चार बजेदेखि राप्ती नदीमा वेपत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। दुवै क्षेत्रको घटना स्थलमा प्रहरीले तत्कालै खोज तलास सुरु गरे पनि अवस्था अज्ञात रहेको हुँदा नदी आसपासका प्रहरी इकाइलाई पनि खोजीमा जुट्न उनले आग्रह गरेका छन् ।

त्रिशुली र राप्ती नदी हिउँदमा सामान्यतया शान्त देखिए पनि खतरनाक ठाउँहरु प्रशस्तै रहेकाले पौडी खेल्दा दुर्घटनाहरु हुने जोखिम सँधै रहन्छ। त्यसैले पानी थोरै छ भनेर नुहाउने पौडी खेल्ने बेलामा लापरवाही गर्न नहुने भन्दै सजग रहन प्रहरीले सर्वसाधरणलाई अपिल गरेको छ ।

प्रकाशित: १० पुस २०७३ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App