बैंकको ताकेतापछि ‘आत्महत्या’

शनिबार, ०४ माघ २०७६, ०६ : ४२ नागरिक

नेपालगन्ज – कोहलपुर नगरपालिका–१२ का अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ऋण तिर्न नसकेर आत्महत्या गरेको खुलेको छ। सुर्खेतको मेहलकुना जान्छु भन्दै मंगलबार बिहान घरबाट निस्केका ६८ वर्षीय खड्का बुधबार भारतको बहराइचस्थित शंकर होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए।

घटनाको अनुसन्धान गरेको भारतीय प्रहरीले उनी बसेको होटलको कोठाबाट खड्काले लेखेको ‘सुसाइड नोट’ बरामद गरेको छ। भारतीय प्रहरीका अनुसार सुसाइड नोटमा एक बैंकमाथि गम्भीर आरोप लगाउँदै उसैले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख छ। भारतीय प्रहरीका अनुसार उनले आत्महत्या गर्न विष सेवन गरेको खुलेको छ। आफन्तका अनुसार खड्काले गत वर्ष बैंकबाट २० लाख रुपैयाँ ऋण लिएका थिए। बैंकले किस्ता तिर्न बारम्बार ताकेता गरेपछि उनी तनाबमा थिए।

ऋण तिर्न बैंकले ताकेता गरेपछि खड्काले आफूले आत्महत्या रोजेको सुसाइड नोटमा उल्लेख गरेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए। सुसाइड नोटमा बैंकमाथि दोष दिँदै लेखिएको छ, ‘मलाई बैंकले बारम्बार ताकेता गरेर टेन्सन दियो, छोराहरूले पनि सहयोग गरेनन्।’ आफूले आत्महत्या रोजेकाले बास बसेको होटलका साहुलाई कुनै दुःख नदिनु भनेर पनि सुसाइड नोटमा लेखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीले वडाध्यक्ष खड्काले सुसाइड नोट लेखेर आत्महत्या गरेको आफूले सुनेको बताए। ‘भारतीय प्रहरीले अनुसन्धान क्रममा सुसाइड नोट फेला पारेको बहराइच पुगेर फर्किएका नेकपाका नेताले हामीलाई बताउनुभयो तर हामीले देखेका छैनौं,’ उनले भने।

खड्काको मृत्युको खबर आएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा कोहलपुर नगरपालिकाको टोली बहराइच पुगेको थियो। खड्काको शुक्रबार दाहसंस्कार गरिएको छ।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad