coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान

ओखलढुंगा- ओखलढुंगा सदरमुकाममा हुने अपराधिक घटना न्यूनीकरणका लागि सीसी क्यामेरा जडान गरिएको छ। सदरमुकाम क्षेत्रमा हुने अपराधिक क्रियाकलापलाई न्यूनीकरणका लागि सार्वजनिक स्थानहरुमा सीसी क्यामेरा जडान गरिएको हो।

सदरमुकामको महत्वपूर्ण छ स्थानमा सीसी क्यामेरा जडान गरेर निगरानी गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। सदरमुकाम क्षेत्रका विभिन्न स्थानमा जडान गरिएको क्यामेरा मार्फत जिल्ला प्रहरी कार्यालयबाट बजार क्षेत्रको निगरानी गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जनाएका छन्।

मानिसहरुको बाक्लो आवतजावत हुने, नाका तथा बैँक तथा सरकारी कार्यालय र महत्वपूर्ण सार्वजनिक स्थानहरु रमाइलोडाँडा, मिलन चोक, जिसस टोल, गणेशचोक, भैरवटोल, हुलाक डाँडा र रामबजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको छ। सदरमुकाम क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण र गर्न तथा नागरिकलाई शान्ति–सुरक्षा प्रदान गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए।

सिद्धिचरण नगरपालिकाको करिब १० लाख बजेटमा सदरमुकाम क्षेत्रमा सीसी क्यामेरा जडानको काम गरिएको सूचना अधिकारी नईन्द्रराज राईले जानकारी दिए। सवारी दुर्घटना तथा अन्य अपराधिक घटनाको निगरानी गर्न सहज भएको सुरक्षा निकायले जनाएको छ।

प्रकाशित: ३ माघ २०७६ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App