coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडाैं र चीनकाे चेन्दुबीच भगिनी सम्बन्ध

काठमाडौं– चीनको सिचुवान प्रान्तको चुन्दु सहरसँग काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध गाँसेको छ । शुक्रबार एक समारोहबीच चिनियाँ कम्युनिस्ट पार्टी चेन्दुका सचिव टाङ लियाङ ची र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौता गरी सम्बन्ध विस्तार गरेका हुन् । केपी ओली प्रधानमन्त्री रहँदा चीन भ्रमण बेलामा दुई सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने निर्णय भएको थियो ।

नेपाललाई चिनाउन भगिनी सहरको महŒव हुने महागरपालिकाका प्रमुख तामाङले बताए । महानगरपालिकाले चीनका चार सहरसँग यसअघि नै भगिनी सहरको सम्झौता गाँसिसकेको छ । चीनका सहरसँग गासिँदै गएको सम्बन्धले चिनियाँ पर्यटक भिœयाउन समेत सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।
 

प्रकाशित: १० पुस २०७३ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App