coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाईकल चोरीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान सुरु

डडेल्धुरा- प्रहरीले मोटरसाईकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। मकर संक्रान्तिका दिन महास्नानका रुपमा प्रशिद्ध धार्मिक स्थल परशुराम धाममा लाग्ने मेलाबाट मोटरसाईल चोरी गरी भाग्दै गरेको अवस्थामा नेपाल प्रहरीले मोटरसाईकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको थियाे।

माघ १ गते लागेको मेलामा पार्किङ गरि राखेको म २ प ९४०६ नं. को टिभिएस कम्पनिको अपाची मोटरसाईकल भिमदत्त नगरपालिका–९ ब्रहमदेव घर भएका अरुण नायकले चोरेर भागेका थिए। मोटरसाईकल चोरी भएको खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले महाकाली नदी किनारमा मोटरसाईकलसहित अरुण नायकलाई पक्राउ गरेको थियो।

प्रहरीले उनीविरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी १० दिन म्याद थपपश्चात थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

प्रकाशित: ३ माघ २०७६ ११:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App