coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विश्वविद्यालय र कलेजलाई कृषिसँग जोड्नुपर्छ : कृषिमन्त्री भूसाल

काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भूसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

नेपालमा कृषि सम्बन्धि अध्ययन÷अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाइ गलत भएको भन्दै मन्त्री भूसालले त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए। सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषि सम्बन्धि अध्ययन गराउने कलेजहरु प्रयाप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन्। जवाफमा मन्त्री भूसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सहि नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको बताए। बजारमा कृषिको ठूलो जनशक्ति भएपनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भूसालको भनाइ छ।

मन्त्री भूसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताएका छन्। प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको मन्त्री भूसालले बताएका छन्।

प्रकाशित: ३ माघ २०७६ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App