८ वैशाख २०८१ शनिबार
समाज

पर्यटन प्रवद्र्धन गर्न मध्यपहाडी लोकमार्गमा यात्रा

पूर्वपश्चिम यात्रामा रहेका पाँचथरको टोली बैतडीको झुलाघाटमा ।तस्बिरः नागरिक

बैतडी- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पाँचथरका युवाले पूूर्व–पश्चिम यात्रा सम्पन्न गरेका छन्। गत पुस १६ गते मध्यपहाडी लोकमार्गको पूर्वको चिवाभञ्जाङदेखि बैतडीको झुलाघाटसम्म एक हजा सात सय ७६ किलोमिटर यात्रा पूरा गरेका हुन्। पर्यटन प्रवद्र्धन लागि मध्यपहाडी लोकमार्गले छोएका २३ जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यसहित १६ दिनमा यात्रा पूरा गरेका हुन्।

टोलीमा पाँचथर जिल्लाका विभिन्न राजनीतिक दलमा आवद्ध युवा र पत्रकारसहित १० जनाको  झुलाघाटमा पुगेर यात्रा पूरा गरेका हुन्। उक्त टोलीले नेपाल भ्रमण वर्षलाई सफल पार्न पूर्वमा पाँचथरको चिवाभञ्याङदेखि पश्चिममा बैतडी जिल्ला झुलाघाटसम्मको पर्यटन स्थलको आवश्यक सामाग्री संकलन गरी सञ्चार माध्यमबाट प्रकाशन, प्रशारण, भिडियो डकुमेन्ट्री र मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्यटकीय स्थल समेटिएको पुस्तक समेत प्रकाशन गर्नै यात्राको लक्ष्य रहेको अभियान टोलीका सदस्य हर्क नेम्बाङले बताए।

मध्यपहाडी लोकमार्गको निर्माण कार्यको अवस्था र उक्त लोकमार्गले नागरिकको जीवनस्तरमा आएको परिवर्तनबारे अध्ययन गर्ने भ्रमण टोलीका सदस्य एवम् पत्रकार गिरिराज बाँस्कोटाले जानकारी दिए। लोकमार्गले छुने २३ जिल्लाका २ सय १५ भन्दा बढी बस्तीका सामाजिक, आर्थिक, पर्यटकीय तथा भौगोलिक अवस्थाको अध्ययन गरी बृत्तचित्र निर्माण गर्ने टोलीले जनाएको छ।

 

 

प्रकाशित: ३ माघ २०७६ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App