coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

राष्ट्रपतिद्वारा क्रिसमस अवसरमा शुभकामना

काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले शान्त र समृद्ध मुलुक निर्माणमा जुट्न सबैलाई आग्रह गरेकी छन् । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालमा मनाइने विभिन्न चाडपर्वले मुलुकलाई एकताबद्ध बनाउने पनि विश्वास व्यक्त गरेकी छन् । यस पर्वले मुलुकलाई शान्त, समुन्नत र समृद्ध बनाउन सहयोग पुग्ने उनले सन्देशमा उल्लेख गरेकी छन् ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता बलियो बनाउन आह्वान गरेका छन् । नेपालीको चिनारी सबै मिलेर सबै समुदायका चाडपर्व मनाउनु भएको उनले उल्लेख गरेका छन् ।
 

प्रकाशित: १० पुस २०७३ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App