coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लुटपाट आरोपमा एक पक्राउ, पाँच फरार

लुटपाटको आरोपमा पक्राउ परेका युवक (मास्क लगाएका) र घटनास्थलबाट बरामद सो समूहले प्रयोग गरेका दुईवटा मोटरसाइकल। तस्बिर : टंक क्षेत्री/नागरिक

सर्लाही – लुटपाटको आरोपमा सर्लाहीको हरिपुर प्रहरीले बुधबार राति सर्लाहीकै बसबरिया गाउँपालिका–४, धनगढास्थित गोनरवा टोलका १९ वर्षीय रोहितकुमार साहलाई लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।

लुटपाटमा संलग्न अन्य पाँचजना भने भाग्न सफल भएको प्रहरीले जानकारी दिएको छ। राति १० बजे कविलासी नगरपालिका–५, रनियाँस्थित नहरको बाटो हुँदै घर फर्किरहेका स्थानीय बेचु महतोलाई नियन्त्रणमा लिएर मोबाइल एवं नगद लुट्दै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए।

दुईवटा भारतीय बीआर ३०भी ८३०७ नम्बरको पल्सर र बीआर ३०यु ०७५९ नम्बरको होन्डा साइनमा ३÷३ जनाको समूहमा रहेका लुटेरामध्ये ३ जनाले प्रहरीको निगरानी गरेका र ३ जनाले महतोलाई लुटिरहेको पाइएको प्रहरीको दाबी छ। गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि पाँचजना भने मोटरसाइकल छाडेर भागेका थिए।

केही महिनायता कविलासी नगरपालिका क्षेत्रमा लघुवित्त वित्तीय संस्थाका दुईजना कर्मचारी लुटिएका छन्। दुई छुट्टाछुट्टै लघुवित्तका दुई कर्मचारीबाट लाखौं नगद लुटिए पनि प्रहरीले लुटपाटमा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

प्रकाशित: ३ माघ २०७६ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App