coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा ‘छोरी शिक्षा बिमा’ सुरु

सानी बालिकाको बिमा गरेर कार्यक्रमको सुरुवात गर्दै प्रदेश २ का वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश राय र ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटा (बालिका बोकेका) लगायत अतिथिहरू। (तस्बिर : टंक/नागरिक)

सर्लाही – प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम बुधबारदेखि सुरु भएको छ।

जिल्लाकै ईश्वरपुर नगरपालिका–६, बयलवास बजारस्थित नारायण जनता प्राविबाट प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले सो कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा पहिलो दिन मात्रै २ सय ४४ जना छोरीको बिमा गरिएको ईश्वरपुर नगरपालिका प्रमुख मनोज देवकोटाले जानकारी दिए।

२०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइने मन्त्री रायले बताए। बिमा कार्यक्रमअन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले १३ हजार जम्मा गर्नेछ। सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउनेछन्। साथै पैसा निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियम छ। २० वर्षमा १४ हजार रुपैयाँबाट बढेर एक लाख रुपैयाँ हुनेछ।

बुधबार ईश्वरपुर नगरपालिका १२ नम्बर वडाबाहेकका छोरीहरूको बिमा शिविर सुरु भएको थियो भने विकट चुरे क्षेत्रमा पर्ने वडा नम्बर १२ कालिन्जोर गाउँमा भने बिहीबार शिविर आयोजना गरिएको प्रमुख देवकोटाले जानकारी दिए। मन्त्री रायले छोराछोरीबीचको भेदभाव हटाउँदै महिला हिंसाका घटना न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरु गरेको जानकारी दिए।

प्रकाशित: ३ माघ २०७६ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App