coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लिग समीकरण रोमाञ्चक

मछिन्द्रका अभिषेक रिजाल र जावलाखेलका सुरज ठकुरी (रातो) बलका लागि प्रतिस्पर्धा गर्दै

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातौं चरणका खेल शुक्रबारबाट हुँदै छन्। छैटौं चरणसम्मको समाप्तिमा लिग समीकरण रोमाञ्चक भइरहेको छ। शुक्रबार सातौं चरणका खेल सञ्चालन हुँदा एक खेल मात्र हुँदै छ।  एक अंकको ऋण बोके पनि शीर्ष स्थानमा रहेको मच्छिन्द्रले हिमालयन शेर्पाको सामना गर्दै छ।

अहिलेसम्म अपराजित रहेको मच्छिन्द्र शुक्रबार पनि जितको खोजीमा मैदान उत्रिनेछ। यस्तै जितविहीन हिमालयन शेर्पा पनि सातौं चरणमा जित निकाल्ने लक्ष्यमा रहनेछ। यसअघि मंगलबार आर्मीले संकटासँग शीर्ष स्थानका लागि गरेको संघर्ष व्यर्थ भयो। युद्ध शाही रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा शीर्ष स्थानमा पुग्दै उपाधि होडलाई सहज बनाउने लक्ष्यमा ठेस लाग्यो। अंक जोड्ने प्रतिस्पर्धा हुँदा उपाधिहोड थप रोमाञ्चक बनेको छ। १० खेलाडीमा सीमित बनेको आर्मीले तीन अंक जोड्न संघर्ष गरे पनि सफल हुन सकेन। १३ अंक बनाउँदै दोस्रो स्थानमा चित्त बुझायो। सम्पन्न खेलमा आर्मीले एक खेलमा पराजित हुँदा एक खेल बराबरी र चार खेलमा स्पष्ट अंक जोडेको छ। एन्फाले जारी गरेको तालिकाअनुसार साँतौं चरणका खेल पनि दशरथ रंगशालमा हुनेछन्।

सम्पन्न ६ खेलमा अपराजित रहेको मच्छिन्द्र गोलअन्तरमा अगाडि रहँदै शीर्षता कायम गरिरहेको छ। चारमा जित र २ मा बराबरी खेलेको मच्छिन्द्र राष्ट्रिय खेलाडीले भरिए पनि सोचेजस्तो प्रदर्शन गर्न असफल नै छ। मनाङसँगको खेलमा भएको झडपका कारण मच्छिन्द्र केही आलोचित पनि बन्यो। केही खेलाडी केही खेलका लागि प्रतिबन्धित पनि भएका छन्। यद्यपि उपाधि होडमा भने मच्छिन्द्र आफुलाई अब्बल बनाइरहेको छ। उता तालिकाको १३औं स्थानमा रहेको हिमालयन पनि पहिलो जितको खोजीमा मैदान उत्रिनेछ। हिमालयनका विश्वास श्रेष्ठले चोटका कारण लिगका सबै खेल गुमाउनेछन् भने मच्छिन्द्रका अग्रतपंक्तिका विदेशी खेलाडीलाई रोक्नु चुनौती छ।

त्यस्तै तेस्रो स्थानमा साबिक विजेता मनाङले पनि  छैटौं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिइरहेको छ। तीनमा जित र तीनमा बराबरी खेलेको मनाङको १२ अंक छ। मनाङ पनि उपाधि होडमा नै छ। यस्तै ललितपुरे टोली थ्री स्टारले ६ खेलबाट १० अंक जोड्दा तालिकामा चौथो स्थान ओगटेको छ। थ्री स्टारले दुई खेल गुमाएको छ। अंकमा सामान्य अन्तर भएकाले पनि लिगमा थप रोमाञ्चकता बढिरहेको छ। छैटौं चरणको खेल सकिँदासम्म सबै टोलीको प्रदर्शन सामान्य नै भएको छ। एकै खेलमा सबैभन्दा बढी चार गोल भएका छन्। तालिकाको पुछारमा रहेको सरस्वती युथले छैटौं चरणमा आएर मात्र तालिकामा खाता खोल्न सफल भएको छ।

सर्वाधिक गोलकर्ता च्यासल युथका सन्तोष साहुखल छन्। साहुखलले ५ गोल गरेका छन्। यससँगै साहुखल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सय गोल पूरा गर्ने पहिलो नेपाली खेलाडी भएका छन्। ४२ खेल सम्पन्न हुँदा ७४ गोल भएका छन्। यस्तै ८१ पहेंलो कार्ड देखाइएको छ भने १० खेलाडीले रातो कार्डको दर्शन गरेका छन्। अहिलेसम्म अपराजित रहेको मच्छिन्द्र शुक्रबार पनि जितको खोजीमा मैदान उत्रिनेछ। यस्तै जितविहीन हिमालयन शेर्पा पनि सातौं चरणमा जित निकाल्ने लक्ष्यमा रहनेछ।

प्रकाशित: ३ माघ २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App