coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मी र पुलिसबीच फाइनल हुने

सुदुरपश्चिमविरूद्ध बलिङ गर्दै नेपाल पुलिसका सागर ढकाल

इटहरी - सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराउँदै नेपाल पुलिस क्लब बिहीबार सुनसरीको इनरुवामा जारी दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। अब पुलिसले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।

आर्मीले पहिलो सेमिफाइनलमा प्रदेश ३ लाई बुधबार पराजित गरेको थियो। बिहीबार पहिले ब्याटिङ गर्दै नेपाल पुलिस क्लबले दिएको २ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ३३.४ ओभरमा अलआउट हुँदै  १ सय ३० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका किरन ठगुन्नाले सर्वाधिक ३९ रन बनाए। आकाश चन्दले अविजित २३, गजेन्द्र बोहराले १२ तथा खडक बोहराले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान सन्तोष भट्टले १, अरुण ऐरीले ६, लोकेश बमले ८ रन बनाए भने शेर मल्ल र दीपक बोहरा खाता नखोल्दै आउट भए।  

सुदूरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रेहाते स्पिनर सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिङ गर्दै ढकालले १ मेडन ओभरसहित ९ रन मात्र खर्चिए। अर्का देब्रे हाते स्पिनर ललित राजवंशीले ३ विकेट लिए भने ललित भण्डारी र योगेन्द्रसिंह कार्र्कीले समान १ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। पुलिसका लागि दीपेन्द्र ऐरीले सर्वाधिक ६८ रन बनाए। उनले त्यस क्रममा ७६ बलमा ६ चौका र १ छक्का प्रहार गरे।  ललितसिंह भण्डारीले ४०, अनिल साहले ३१, योगेन्द्रसिंह कार्र्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।  

सुदुरपश्चिमका शेर मल्ल, विनोद लामा र आकाश चन्दले समान ३ विकेट लिए भने सन्तोष भट्टका नाममा १ विकेट रह्यो। खेलको प्लेयर अफ नेपाल पुलिसका द म्याच सागर ढकाल चुनिए। सुदूरपश्चिमलाई सानो योगफलमा समेट्न पुलिसका देब्रेहाते स्पिनर सागर ढकालले ५ विकेट लिए। ६.४ ओभर बलिङ गर्दै ढकालले १ मेडन ओभरसहित ९ रन मात्र खर्चिए।

प्रकाशित: ३ माघ २०७६ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App