coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ब्याडमिन्टन संघलाई जापानी खेलसामग्री

काठमाडौं – जापान सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रम अन्तर्गत बुधबार निप्पन ब्याडमिन्टन संघले नेपाल ब्याडमिन्टन संघलाई खेलसामग्री उपलब्ध गराएको छ।

जापानी राजदूतावासमा एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले बुधबार नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याडमिन्टन -याकेट उपलब्ध गराएका हुन्।

स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो। यसअन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदासम्म एक करोडभन्दा बढीलाई खेलमार्फत सहयोग गर्ने लक्ष्य लिएको छ। निप्पन ब्याडमिन्टन संघले ८० ब्याडमिन्टन -याकेट प्रदान गरी नेपालको ब्याडमिन्टनलाई सहयोग गरेको हो।

सो अवसरमा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपाली ब्याडमिन्टनलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे। यसै गरी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याडमिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिए।

प्रकाशित: ३ माघ २०७६ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App