१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् निर्णयः अवैध रुपमा भित्रिएको रक्तचन्दन फिर्ता गरिने

 काठमाडौँ- अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ। नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई ‘साइटिस’ अभिसन्धि अनुसार कूल एक लाख ७३ हजार ७२ केजी रक्तचन्दन फिर्ता गर्न लागिएको हो।    
    
 ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतीको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३’ को दफा ३० अनुसार ती रक्तचन्दनका काठ जेजस्तो अवस्थामा रहेको भएपनि फिर्ता गर्ने निर्णय भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र रक्तचन्दन उत्पत्ति भएको मुलुक भारत फिर्ता लैजान स्वीकृति दिइएको जानकारी दिए। अवैध तरिकाले भित्र्याइएका रक्तचन्दन नियन्त्रणका लागि सरकारले प्रहरी जनशक्ति परिचालन गर्नुपरेको थियो।    
   
     सरकारले मुलुकको विद्युत् वितरण प्रणाली सुधार तथा स्तरोन्नति तथा विस्तार आयोजनाका लागि यूरोपेली बैंकबाट प्राप्त हुने करिब रु १२ अर्ब ७६ करोड (१०० मिलियन यूरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। उक्त रकम विद्युत् वितरण प्रणालीको सुधार तथा स्तरोन्नतिका लागि खर्च गरिनेछ। रासस    
    
 

प्रकाशित: २ माघ २०७६ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App