८ वैशाख २०८१ शनिबार
राजनीति

झण्डा गाड्दैमा बालुवाटारको जग्गा कब्जा भन्न मिल्दैन : मन्त्री बाँस्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारको जग्गामा झण्डा गाड्दैमा जग्गा कब्जा गरिएको नहुने बताएका छन्। प्रतिवन्धित नेकपा विप्लव समूहले बालुवाटारको विवादित जग्गामा झण्डा गाड्दै कब्जा गरेको बताएको थियो।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ' ठाउँ ठाउँमा गएर झण्डा गाडेर केही हुनेवाला छैन। कानुनी प्रक्रिया र विधिद्वारा निरुपण गर्ने हो। सरकार कसैलाई जोगाउन लागेको छैन।'

विप्लव समूहलाई सरकारले भन्दै आएको कुरा पछिल्ला गतिविधिले पुष्टि गरेको पनि बताए।  छिपेर हमला गरेर कसैलाई राम्रो नगर्ने उनले बताए। 'सरकारले टावरमा हान भनेको छैन। जनताको सम्पतिमा आक्रमण गरिएको छ। सरकार यस विषयमा सहनशील हुन सक्दैन। सरकार यस्ता घटनामा खेद प्रकट गर्छ' उनले भने।

प्रकाशित: २ माघ २०७६ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App