coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आलोचना भएपछि आस्थाले भनिन्, 'अशिष्ट' शब्द चयनप्रति क्षमा चाहन्छू'

काठमाडौँ - गायिका आस्था राउत विवादमा तानिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीप्रति गरेको टिप्पणीका कारण उनी विवादमा तानिएकी हुन्। उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले भिडियोमा आरोप लगाएकी छन्। आफूलाई तँ भनेको भन्दै उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेकी छन्। उनले प्रहरीले आचरण सुधार्नु पर्ने भन्दै दबङ शैलीमा हान्न मन लागेको समेत भिडियोमा बोलेकी छन्।

उक्त भिडियो उनले फेसबुकबाट हटाएकी छन् तर अन्य पेजमा भने उक्त भिडियो अपलोड भएका छन्। उक्त भिडियो सञ्जालमा व्यापक सेयर भैरहेको छ।

एउटा घटनालाई लिएर समग्रमा प्रहरीमाथि खनिएपछि उनको आलोचना समेत भयो। सामाजिक सञ्जालमा आलोचना भएपछि आवेगमा आएर शब्दचयनमा त्रुटि भएको उनले स्वीकारेकी छन्। र असान्धर्भिक शब्द चयनप्रति क्षमा समेत मागेकी छन्। उनले भनेकी छन्, ‘रिसको आवेशमा वेद पढिँदैन। मलाई पनि त्यस्ते भयो 'असान्धर्भिक शब्दहरुको लागि क्षमा चाहन्छु।’

प्रकाशित: २ माघ २०७६ ०७:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App