पोखरामा धरहरा !

बिहिबार, ०२ माघ २०७६, १३ : ३२ नागरिक

    पोखरा-   धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ। गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन। तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो।    
     
भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ। महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो आकर्षण जस्तै बनेको छ। त्यसैले होला पोखरा महोत्सव हेर्न पुगेका गगनगौंडाका हरिप्रसाद सुवेदीलाई धरहरा देख्दा निकै रमाइलो लाग्यो।    
    
 भूकम्पअघि आफूलाई मन लागेर पनि काठमाडौँमा घरहरा चढ्ने मौका नमिलेको बताउँदै उनले सक्कली नभए पनि पोखरामा चढेर अनुभव लिएको सुनाए। उनले भने, “ महोत्सवमा धरहरा राखिनुले यहाँ आउने जो कोहीले यसबारे चढेर अनुभव लिन सक्नेछन्।”    
    
महोत्सवका सहभागीलाई काठमाडाँकै धरहराको झझल्को दिने गरी ४० फिट अग्लो ६ तलाको धरहरा आठ लाखमा एसके साउन्डले निर्माण गरेको हो। धरहराबाट महोत्सवको मञ्च, दर्शक, गतिविधि, अमरसिंह चोक र आसपासको क्षेत्र नियाल्न सकिन्छ।    
    
बुधबार मात्रै सञ्चालनमा ल्याइएकोले पहिलो दिनमा एक हजार दुई सयले चढेर अनुभव लिएको एसके साउन्डका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। धरहरा चढ्न दर्शकले प्रति टिकट ६० रुपैयाँ तिर्नुपर्छ भने ७० वर्ष माथिका र सात वर्ष मुनिकालाई प्रवेश निःशुल्क गरिएको छ।    
    
पोखराको काँहुमा रहेको सामान्य धरहराबाट पोखरा हिमाल र रमणीय बजारको अवलोकन गर्न सकिन्छ। यहाँको उपत्यकाभित्र अन्य ठाउँमा नरहेको र पर्यटकीय नगरीमा एउटा आवश्यक छ है भन्ने सन्देश दिन महोत्सवस्थलमा धरहरा ठड्याइएको गुरुङले बताए।    
“महोत्सवका सहभागीलाई धरहराबारे जानकारी र अनुभव गराउनु मात्र नभइ पर्यटकीय नगरीमा यसको आवश्यकता बोध गराउन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउन यो बनाइएको हो,” उनले भने। युनाइटेड क्लबले अमरसिंह चौरमा गर्दै आएको महोत्सवमा प्रत्येक वर्ष नयाँ–नयाँ किसिमका गतिविधि समेटिएको क्लबका पूर्व अध्यक्ष एवं अतिथि व्यवस्थापन समितिका संयोजक हिमालय बख्रेलले बताए।
    
प्रत्येक वर्ष थपिने नयाँ गतिविधि अन्तर्गत यसवर्ष सञ्चालित दशौं संस्करणमा धरहरा चढ्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए। महोत्सवकै अवसरमा प्रत्येक वर्ष कहिले बसमा निःशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती तथा कहिले उँट सवार गर्ने व्यवस्था मिलाइएको छ।    
    
महोत्सवका माध्यमबाट क्लबले सामाजिक काममा अग्रसरता देखाउँदै अघि बढेको बताउँदै क्लबका अध्यक्ष लालकाजी गुरुङले वर्षेनी महोत्सवमा दर्शकलाई फरक–फरक शैलीबाट मनोरञ्जन प्रदान गर्दै आएको बताए। रासस





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad