८ वैशाख २०८१ शनिबार
राजनीति

संघीय समाजवादीका नेतालाई ३५ किलोको माला

संघीय समाजवादी फोरमका नेतात्रयलाई ३५ किलोको माला लगाइदिँदै । तस्बिर: अजित तिवारी

विराटनगर–संघीय समाजवादी फोरमका तीन शीर्ष नेतालाई शनिबार विराटनगरमा ३५ किलोको माला लगाएर स्वागत गरिएको छ। फोरमका अध्यक्ष उपेन्द्र यादव, बरिष्ठ नेता अशोक राई र बरिष्ठ उपाध्यक्ष युवराज कार्कीलाई ३५ किलोको माला लगाइदिएको हो।

प्रथम एकता अधिवेशनलाई सम्बोध गर्न विराटनगरको हाटखोला मैदानमा आयोजना गरिएको आमसभालाई फोरम मोरङका अध्यक्ष राजकुमार यादवले नेतात्रयलाई माला लगाइ दिएका थिए।

पार्टी एकीकरणपछि पहिलो पटक मोरङ फोरमको जिल्ला अधिवेशन विराटनगरमा जारी छ । अधिवेशनमा मधेसी समूदाय वाहेक थुप्रै संख्यामा आदिवासी–जनजातीहरुको सहभागिता छ। आदिवासी–जनजातिहरुले आफ्ना मौलिक बाजा र नाचगान समेत अधिवेशनमा प्रस्तुत गरेको छ।
 

प्रकाशित: ९ पुस २०७३ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App