तरकारी उत्पादनमा पर्वत आत्मनिर्भर

शनिबार, ०९ पुष २०७३, १५ : ३३ नागरिक

फलेवास(पर्वत)-  तरकारी उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर बन्दै गएका छन्।  पछिल्ला केही वर्षयता व्यावसायिक तरकारीखेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

अहिले जिल्लामा बाह्रैमास पुग्ने तरकारी उत्पादन भइरहेकाले बाहिरबाट ल्याउनुपर्ने अवस्था नरहेको कृषि विकास कार्यालयले जनाएको छ।

जिल्लाको सदरमुकाम आसपास र दुर्गम गाउँमा समेत मौसमी र बेमौसमी तरकारी उत्पादन भइरहेका छन् । दुर्गम गाविस टकलाकका करिब १५० परिवारलेसमेत व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन्।

तरकारी बिक्री गरेर उनीहरु अहिले आफ्नो घर खर्च कटाएर प्रतिपरिवार रु २० हजारदेखि रु तीस लाखसम्म आम्दानी गर्ने गर्छन्। ‘पहिला पहिला मसुरोको दाल र सोयाबिन मस्यौरा त्यहाँको मुख्य तरकारी हो,’ टकलाकका चोकबहादुर रानाले भने, “अहिले घरघरै तरकारी फलाएका छन्, बढी भएको बेचेर घरखर्च पनि चलाइएकै छ।”

टकलाक पुग्ने जोसुकै पनि अहिले छक्क पर्छन् । ‘म पहिलो पटक यहाँ आउँदा कसैको घरमा हरियो तरकारी पाक्दैनथ्यो, स्थानीय कृषि प्राविधिक राजेश पाण्डेले भने– ‘अहिले डोकोभरी तरकारी यहींबाट बाहिर जान्छ।’

पाँचवर्ष अघिसम्म तराईका जिल्लाबाट ट्रकमा तरकारी आयात गर्दै आएको पर्वतले पछिल्ला केही वर्षयता तरकारी निर्यात गर्ने जिल्लाको रुपमा विकसित हुँदै आएको छ ।

तीन वर्षदेखि तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यो वर्ष रु. २० लाखको तरकारी बेचेको दाबी गरे। ‘मैले उत्पादन गरेको अधिकाँश तरकारी पोखरा जान्छ,’ उनले भने, “तरकारी खेतीमा अहिलेसम्म रु ४० लाख लगानी भइसकेको रु अगामी वर्षसम्म रु. ५० लाख लगानी पुग्ने अनुमान छ।”

टनेलमा गोलभेँडा, काँक्रा, च्याउ र बोडीलगायत बेमौसमी तरकारी खेती गरेर उनले राम्रो आम्दानी गरिरहेको बताए।

पछिल्ला तीन वर्षयता कृषि र विशेषगरी मौसमी र बेमौसमी तरकारी उत्पादनमा सरकारी लगानी बढ्नु, हिउँदका समयमा मात्रै भए पनि सबै गाविसमा सवारीसाधनको उपलब्धता, गोठे तथा प्राङ्गारिक मलको सुधार, उन्नत र माटो अनुकूलका बीउ, मलको सहज आपूर्ति, सिँचाइको क्षेत्रफलमा वृद्धि र परिश्रम अनुसारको बजार मूल्यलगायतका कारणले व्यावसायिक किसानको सङ्ख्या बढेको हो।

चार वर्षयता कृषि विकास कार्यालयले गरेको एक सर्वेक्षणमा कृषिमा लाग्ने युवाको सङ्ख्या बर्सेनि बढ्दो छ । वैदेशिक रोजगारीबाट फर्केका केहि युवाहरु तरकारी खेती गर्दै आएका पनि छन्। ‘गतवर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारीखेती अनुदानका लागि करिब ६०० युवाको आवेदन पर्नु पनि यो कुरा पुष्टि हुन्छ,’ पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने।

वि.स.२०६८ को जनगणनाअनुसार पर्वतको जनसङ्ख्या एक लाख ४६ हजार ५९० छ । एक तथ्याङ्कअनुसार एक व्यक्तिले दैनिक २०० ग्राम हरियो तरकारी खान्छ।

जिल्लामा आर्थिक वर्ष २०७२/०७३ मा हरियो तरकारी मात्र ९ हजार २४ मेट्रिक टन उत्पादन भएको छ । उत्पादित तरकारी जम्मा जनसङ्ख्याले उपभोग गर्दा एक जनाको भागमा दैनिक एक सय ६८ दशमलव ६५ ग्राम पर्छ।

तरकारीको पकेटक्षेत्रका रूपमा चिनिएको धाइरिङ, नाङ्लीबाङ मल्लाज, भाझफाँट, खुर्कोट, चुवा, कटुवाचौपारी, शङ्करपोखरी र पाङ्ग्राङलगायत गाविसबाट सिजनका बेला हरेक दिन जिल्लाबाहिर पनि निर्यात हुँदै आएको छ।

म्याग्दीको बेनीसँग सीमा जोडिएका धाइरिङ, माझफाँट, लेकफाँट, सालिजा र बाँसखर्कको तरकारीले बेनीको करिब ३० प्रतिशत माग धानेको कृषि कार्यालयको दाबी छ। रासस

 






यसमा तपाईको मत

अन्य समाचार

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हराएको कुकुर नाकको प्रिन्टबाट भेटाउने एप

हरेक मानिसको फिंगरप्रिन्ट बेग्ला बेग्लै भएजस्तै कुकुरको पनि नाकको छाप बेग्ला बेग्लै हुनेगर्दछ । ...

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

ईक्यानको शैक्षिक मेला ६० हजारद्वारा अवलोकन (भिडियो)

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा शैक्षिक मेला सम्पन्न भएको छ। इक्यान शैक्षिक मेलाको १३ औ संस्करणलाई साठी...

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

म्याक ल्युब्रिकेन्टस्को डिलर मिट सम्पन्न

सिप्रदी ट्रेडिङ्ग प्रा. लि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्टस्को डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ। ...

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

तीन वटा देशबाट मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

हङकङ, युएई र जोर्डनमा मेगा रेमीटको सञ्जाल विस्तार गरिएको हो। ...

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

ज्योति लाईफ इन्स्योरेन्सको “ज्योति केयर्स”

जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवा केन्द्रित योजना संचालन गर्ने क्रममा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. ले...

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख  हस्तान्तरण

सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई रु एक लाख हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशन द्वारा रु एक लाख हस्तान्तरण। ...

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एडद्वारा वृद्धाश्रमलाई सहयोग

एभरेस्ट एड एन्ड इभेन्ट म्यानेजमेन्टले कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। ...

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका अध्यक्षको शपथग्रहण

बेस्ट फाइनान्सका नवनिर्वाचित अध्यक्ष अमिरध्वज प्रधानले नेपाल राष्ट्र बैंकबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ...