८ वैशाख २०८१ शनिबार
खेल

न्यू होराइजन जितसँगै डिभिजन 'ए' मा

म्यान अफ द म्याच कृष्ण पराजुली पुरस्कृत गर्दै व्यवसायी राजु थापा ।

भैरहवा- भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको बुधबारको क्रिकेट प्रतियोगितामा न्यू होराइजन क्रिकेट क्लब बुटवल डिभिजन विजयी भएको छ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन (बी) अन्तर्गत भएको खेलमा ज्ञानोदय क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्दै न्यू होराइजन डिभिजन ए मा प्रवेश गरेको हो।

टस जितेर व्याटिङ गरेको ज्ञानोदयले निर्धारित ४० ओभरमध्ये २१ दशमलब २ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६ रन मात्र बनाएको थियो। जसका लागि भुवन गैरेले सर्वाधिक ७ रनको योगदान गरे।

बलिङमा न्यू होराइजनका कृष्ण पराजुलीले ३, शक्ति गौचन र गोविन्द के.सी.ले २/२ तथा मौसम ढकाल र बाबुराम क्षेत्रीले १/१ विकेट लिए। जवाफमा न्यू होराइजनले झिनो लक्ष्यलाई ३ दशमलव ४ ओभरमा पूरा गर्दै ३० रन बनायो। जसका लागि निर्मल थापा र मनिष थापाले (नटआउट) ९/९ रनको योगदान गरे। बलिङमा ज्ञानोदयको तर्फबाट कसैले विकेट लिन सकेनन्। खेलमा न्यू होराइजनका कृष्ण पराजुली म्यान अफ द म्याच घोषित भए।

बिहीबारको खेल स्टार क्रिकेट क्लब ओमसतिया र जितगढी क्रिकेट क्लब बेल्बासबीच हुने आयोजकले जानकारी दिएका छन्।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।

 

प्रकाशित: १ माघ २०७६ १३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App