७ वैशाख २०८१ शुक्रबार
खेल

कुँवरवर्तीलाई उप-मेयर कप भलिबलको उपाधि

उपाधि विजेतालाई पुरस्कार वितरण गर्दै तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी चौधरी । तस्बिर:नागरिक

बुटवल- रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको उप–मेयर रनिङ कप खुला महिला भलिबलको उपाधि तिलोत्तमाको कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलले जीतेको छ। तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा बुटवलको एभरेष्ट बोर्डिङ स्कुल उपविजेता बन्यो।

उपाधिसँगै कुँवरवर्तीले नगद २५ हजार रुपैयाँ र उपविजेता एभरेष्टले नगद १५ हजार रुपैंयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। तृतीय हुने तिलोत्तमाकै नवज्योती इंलिस बोर्डिङ स्कुलले नगद १० हजार रुपैयाँ र सान्त्वना हुने मणिमुकुन्द भलिबल क्लवले नगद ५ हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगीतामा दश टिमको सहभागिता थियो। महिला खेलाडीलाई प्रोत्साहन गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगीता गरिएको तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी चौधरीले बताइन्। मणिमुकुन्द भलिबल क्लव र कुँवरवर्ती इंलिस बोर्डिङ स्कुलको सहकार्यमा आयोजित प्रतियोगिताका विजयी टीमलाई  तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले बुधबार एक कार्यक्रमकाबीच पुस्कार प्रदान गरीन्। पुरस्कार वितरण कार्यक्रममा बोल्दै उप–प्रमुख चौधरीले खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताइन्।

 

प्रकाशित: १ माघ २०७६ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App