१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

एके–४७ः ‘असफल रुसी कविको उदास रचना’

एजेन्सी–एके–४७ का जननी मिखाइल कलाशिन्कोव सुरुमा कवि बन्न चाहन्थे। तर समयको खेलले उनलाई सेनाको जनरल बनायो। त्यही भएर मानिसहरु एके–४७ लाई ‘असफल रुसी कविको उदास रचना’ पनि भन्छन्। विश्वमा सबैभन्दा धेरै मानिसको हत्यामा प्रयोग भएको एके–४७  मेसिन गन मिखाइल कलाशिन्कोवको बनाएका थिए।

मिखाइलले बन्दुक मात्र बनाएनन्, उनले ६ वटा पुस्तक पनि लेखे। तीन वर्ष पहिला २३ डिसेम्बर २०१३ मा मिखाइलको मृत्यु भयो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार २००९ मा एक कार्यक्रममा मिखाइलले पत्रकारसँग भनेका थिए, ‘म युवाअवस्थामा  कविता लेख्ने गर्थें, मानिसहरुले सोच्थे म ठूलो भएपछि कवि बन्छु। तर म कवि हुनुको साटो सेनाको जनरल भएँ।’ सो कार्यक्रममा मिखाइलले आफूलाई खराब र असफल कविसमेत भन्न भ्याए।

मिखाइलको जन्म १० नोभेम्बर १९१९ मा सोभियत संघको कुर्यामा भएको थियो। मोजाम्बिकको झण्डामा एके–४७ को चित्र बनेको छ, जुन क्रान्तिको प्रतिक हो। मोजाम्बिकले पोर्चुगलको स्वतन्त्रताको लडाइँ एके–४७ मेसिन गनको सहायतले लडेको थियो र पछि एके–४७ लाई आफ्नो राष्ट्रिय झण्डामा स्थान दियो। एके–४७  सर्बियाको बरफदेखि भियतनामको हिलोसम्म एकैनासले चल्छ।

प्रकाशित: ९ पुस २०७३ ०७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App