८ वैशाख २०८१ शनिबार
समाज

कुटपिटमा एकको ज्यान गयो

गोरखा- गोरखा नगरपालिका-८ थालकडाँडामा एकआपसमा कुटपिट गर्दा बुधबार एक वृद्धको ज्यान गएको छ। गोरखा नगरपालिका-८ का ५९ वर्षिय गोपाल उपरकोटी ज्यान गएको हो।

गोरखा नगरपालिका-६ का ५० वर्षिय रामबहादुर सिर्मलले उपरकोटीलाई कुटपिट गरेको र बेहोस भएर ढलेका उपरकोटीको होस नखुलेपछि उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

दुबै जना मदिरा सेवन गरेर बसिरहेको र एक आपसमा भनाभन हुँदा कुटपिट भएको थियो। सिर्मल अहिले प्रहरी नियन्त्रणमा रहेको र घटनबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले बताए।

 

प्रकाशित: १ माघ २०७६ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App