८ वैशाख २०८१ शनिबार
कला

दीपिकालाई रामदेवको यस्तो सुझाव

मुम्बई- बलिउड अभिनेत्री दीपिका पादुकोणलाई योग गुरु रामदेवले सुझाव दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा केही दिनअघि अभिनेत्री पादुकोणको मौन उपस्थितालाई लिएर सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) निकट मानिने बाबा रामदेवले बोलेका छन्। 'अभिनेत्री दीपिका जेएनयू गइन्। त्यसलाई लिएर प्रशंसा र विरोध भइरहेको छ। हाम्रो समाज, राजनीति, संस्कृति र देशअनुसार जीवनमा महत्वपूर्ण निर्णयहरु लिनुपर्छ। उनलाई सही सल्लाह दिनका लागि म जस्तो मानिस चाहिन्छ', रामदेवले भने।

हाल जेएनयूमा प्रदर्शन भइरहेका छन्। बलिउड अभिनेत्री स्वरा भास्कर, दिया मिर्जा, वरुण धवन, तवस्वी पन्नु र फरहान अखतर लगायतका कलाकारहरु नयाँ दिल्लीको सो आन्दोलनमा सहभागी भएका थिए।

प्रकाशित: १ माघ २०७६ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App