७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

श्रीमानले नुहाउन नमानेपछि...

पटना- बिहार महिला आयोगमा एउटा अचम्मको घटना पुगेको छ। जसबाट आयोगका सबै अचम्ममा परेका छन्। पटना राज्यको वैशाली जिल्लाकी एक महिला आफ्नो श्रीमानसँग यसकारण बस्न चाहदिनन् की उसले हरेक दिन नुहाउदैन र ब्रश पनि गर्दैन। यही व्यवहारका कारण मनिष रामलाई सुध्रनको लागी अदालतले दुई महिनाको समय दिन्छ। यदि मनिषले आफ्नो बानी सुधार्न असमर्थ छन् भने महिला आयोगले उनीविरुद्ध उचित कारबाही गर्नेछ।

आयोगका अध्यक्ष दिलमणि मिश्रले भनिन्, 'नयागांव निवासी सोनीले आफ्नो पतिबाट सम्बन्ध विच्छेदको लागि बिन्ती अनुरोध गरिन्।' मनिषसँग २०१७ मा उनको बिहे भएको थियो। मनीष पलम्बरको काम गर्छन्। सोनी भन्छिन्, 'पतिको शरीरबाट गन्ध आउँछ, किनभने उसले न त ब्रश गर्छ न त नुहाउँछ नै। १० ९ १२ दिनपछि मात्र उसले नुहाउँछ। पतिको रूपमा उसको व्यवहार पनि राम्रो छैन।' सोनी सम्बन्ध विच्छेदको मागमा अडिग छन्। उनी कुनै पनि शर्तमा श्रीमानसँग बस्न चाहदिनन्।

उनले आफ्नो श्रीमानलाई आफूबाट छुटाउनको लागि आयोगसँग माग गरेकी छन्। आयोगले उनका श्रीमानलाई यो गुनासो सुधार गर्न दुई महिनाको समय दिएको छ। दिलमणि मिश्राले मनिषलाई सुध्रने आश्वासन दिएका छन् र मनीषले पनि आयोगको अगाडि आफ्नी श्रीमतीको विश्वास जित्ने प्रयास गर्ने बाचा गरेका छन्।

प्रकाशित: १ माघ २०७६ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App