coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वैदेशिक रोजगार बोर्डबाट ५७ बालबालिकालाई छात्रवृत्ति

सिन्धुली- वैदेशिक रोजगारमा आफ्ना अभिभावक गुमाएका तथा अङगभङग भएका ५७ जना बालबालिकाले वैदेशिक रोजगार प्रर्बद्धन बोर्डबाट छात्रवृत्ति पाएका छन्। कामको सिलसिलामा विदेश गएका र विदेशमा मृत्यु भएका तथा काम गर्ने क्रममा अङगभङग भएका अभिभावकका ५७ जना बालबालिकाले छात्रवृत्ति पाएको शिक्षा समन्वय इकाई सिन्धुलीले जनाएको छ।

कामको सिलसिलामा विदेशिएर अभिभावक गुमाएर अलपत्र परेका बालबालिकालाई वर्षेनी नेपाल सरकारले छात्रवृत्ति दिने व्यवस्था गरेको र सोही अनुसारको छात्रवृत्ति वितरण भएको शिक्षा समन्वय इकाई सिन्धुलीका प्रमुख नेत्रप्रसाद गजुरेलले बताए। अभिभावकको मृत्यु भएका तथा  अङगभङग भएका परिवारका १८ वर्षसम्मका बालबालिकालाई नेपाल सरकारले छात्रवृत्ति उपलब्ध गराएको थियो, सो छात्रवृत्ति वितरण गरेका हौ, उनले नागरिकसँग भने, अर्को वर्षका लागि पनि आवेदन माग गरिसकिएको छ। आधारभूत तहका बालबालिकालाई आठ हजार र माध्यमिक तहका विद्यार्थीलाई १२ हजारका दरले प्रतिव्यक्ति छात्रवृत्ति वितरण गरिएको गजुरेलले बताए। नेपाल सरकारको मापदण्ड अनुसार विदेश गएर विदेशमा अङगभङग र मृत्यु भएका व्यक्तिका बालबालिका यसको लक्षित समूहमा रहेको उनको भनाइ छ। यस्तो छात्रवृत्ति लिनका लागि वैदेशिक रोजगारमा गएको व्यक्तिको राहदानीको प्रतिलिपी, बालबालिका अध्ययनरत विद्यालयको सिफारिस, जन्मदर्ता, लगायतका कागजात पेश गर्नुपर्नेछ।

द्धन्द पीडित विद्यार्थीलाई छात्रवृत्ति
सरकारले सशस्त्र द्धन्द्धका समयमा ज्यान गुमाउने तथा पीडित हुनेका बालबालिकालाई समेत छात्रवृत्ति उपलब्ध गराएको छ। जिल्ला प्रशासन कार्यालयले द्धन्द पीडितको सिफारिस दिएका बालबालिकालाई नेपाल सरकारले छात्रवृत्ति उपलब्ध गराउदै आएको शिक्षा समन्वय इकाईले जनाएको छ। यस जिल्लाका ६ जना विद्यार्थीलाई द्धन्द्धपीडित छात्रवृत्ति पाएका छन्, शिक्षा समन्वय इकाईका प्रमुख गजुरेलले भने, यो छात्रवृत्तिका लागि जिल्ला प्रशासन कार्यालयको द्धन्द्धपीडितको सिफारिस नै प्रमुख हो। उनले विद्यालयको सिफारिस जन्मदर्ता लगायतका कागजात आवश्यक रहने बताए। प्रावि तहमा अध्ययनरत बालबालिकालाई दश हजार, निमावी तहमा अध्ययनरत बालबालिकालाई १२ हजार तथा मावि तहमा १४ हजार रुपैयाँका दरले छात्रवृत्ति पाउने व्यवस्था रहेको छ, उनले भने।

प्रकाशित: १ माघ २०७६ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App