coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिमपातका कारण पाकिस्तानमा कम्तीमा ५५ को मृत्यु

हिमपहिरोले क्षतिग्रस्त बनाएको घर। तस्बिर : एजेन्सी

इस्लामाबाद  (एजेन्सी) – हिमपहिरो र पहिरोका कारण पाकिस्तान नियन्त्रित कश्मीरमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ।

पाकिस्तानी अधिकारीले मंगलबार दिएको जानकारीअनुसार हिमपहिरो र पहिरोमा परी कैयौं बेपत्ता पनि भएका छन्। पाकिस्तान नियन्त्रित कश्मीरको नीलम उपत्यका हिमपात र हिमपहिरोले बढी प्रभावित भएको बताइएको छ। हिमपहिरोका कारण सो उपत्यका जाने अधिकांश क्षेत्र बन्द भएकाले उद्धारकर्ता पुग्न नसकेकाले उद्धारको कार्यसमेत नभएको प्रहरीको भनाइ छ। 

हिमपातका कारण पछिल्लो २४ घण्टामा कम्तीमा ५५ जनाको मृत्यु भएको मुजाफरबादका आयुक्त इम्तियाज अहमदले जानकारी दिएका छन्। हिमपहिरो र पहिरोमा परी दर्जनौं घर, सवारी साधन र पसल पनि क्षतिग्रस्त भएको उनले बताए।

लावत गाउँमा रहेको एक विद्यालयतर्फ गइरहेका १० जना विद्यार्थी पनि हिउँ पहिरोमा परेको सरकारी अधिकारीले जनाएका छन्। उनीहरुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य घाइते भएका थिए।

मौसमसम्बन्धी प्रकोपका लागि सो क्षेत्र परिचित भए पनि यो क्षति पछिल्लो इतिहासको सबैभन्दा दर्दनाक भएको बिबिसीले उल्लेख गरेको छ।

खराब मौसमका कारण पाकिस्तान, भारत र अफ्गानिस्तानका अन्य क्षेत्रमा पनि दर्जनौं मानिस मारिएका छन्। पाकिस्तान नियन्त्रित कश्मीर सबैभन्दा बढी प्रभावित भएको र त्यहाँमात्रै १० जना बढी हराइरहेको पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ। देशका अधिकांश भागमा मंगलबार मौसम सुध्रिएको भए पनि सो क्षेत्रमा भने अझै मौसममा सुधार नआएको उसले जनाएको छ।

पाकिस्तानको बलोचिस्तान प्रान्तमा पनि मौसम खराबीका कारण १२ महिला र सात बालबालिकासहित २० जनाको मृत्यु भएको छ। यसैबीच, भारत प्रशासित जम्मु र कश्मीरमा पनि हिमपातका कारण आठजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

अफ्गानिस्तानका अधिकारीहरुका अनुसार हिमपातका कारण पछिल्ला दुईसातामा मृत्यु हुनेको संख्या २४ पुगेको छ भने ४० जना घाइते भएका छन्।

प्रकाशित: १ माघ २०७६ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App