७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ह्यारी दम्पतीलाई महरानीको समर्थन

लन्डन (बिबिसी) – शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका राजकुमार ह्यारी दम्पतीको निर्णयलाई बेलायती महारानी एलिजाबेथले समर्थन गरेकी छन्।

ड्युक अफ ससक्सि ह्यारी र डचिस अफ ससक्सि मेगन मार्कल पूर्ण रूपमा शाही जिम्मेवारीमै रहँुन् भन्ने आफ्नो चाहना भए पनि उनीहरुको निर्णयमा समर्थन रहेको महारानी एलिजाबेथले बताएकी छन्।

महारानीको उपस्थितिमा शाही परिवारका वरिष्ठ सदस्य र राजकुमार ह्यारीबीच सोमबार भएको बैठकपछि जारी विज्ञप्तिमा उनले नयाँ भूमिकासम्बन्धी उनीहरुको चाहनाप्रति ‘आफ्नो पूर्ण समर्थन रहेको’ ज बताएकी छन्।

स्यान्ड्रिघम बैठक भनिएको सोमबारको शाही छलफलमा ड्युक र डचेस अफ ससिक्सको भावी भूमिकाबारे छलफल भएको थियो।
राजकुमार ह्यारी दम्पतीको भावी भूमिकाबारे टुंगोमा पुग्नुअघि ड्युक र डचिस अफ ससिक्सलाई ‘केही समय’ दिनेबारे पनि महारानी सहमत भएकी छन्।

महरानी एलिजाबेथले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ :
‘मेरो नाति र उसको परिवारको भविष्यका बारे आज मेरो परिवारमा निकै रचनात्मक छलफल भएको छ। युवा परिवारका रूपमा नयाँ जीवन सिर्जना गर्ने ह्यारी र मेगनको चाहनाप्रति म र मेरो परिवारको समग्र समर्थन रहेको छ।
हामीले उनीहरु शाही परिवारका रूपमा पूर्णकालीन भूमिकामा बसुँन् भन्ने चाहना गरेता पनि मेरो परिवारको अमूल्य भागका रूपमा परिवारका रूपमा थप स्वतन्त्र भएर बाँच्ने उनीहरुको चाहनालाई हामी सम्मान गर्छौं र बुझ्छौं। उनीहरुको नयाँ जीवनका लागि उनीहरु सार्वजनिक कोषहरुमा भर नपर्ने नचाहेको भनेर ह्यारी र मेगनले प्रष्ट पारिसकेका छन्। तसर्थ, उनीहरुलाई क्यानडा र बेलायतमा समय व्यतीत गर्नका लागि सक्रमणकालीन अवधि हुनेबारे स्वीकार गरिएको छ। यी विषयहरु मेरा परिवारका लागि समाधान गर्न अति नै जटिल छ र अझै केही काम गर्न बाँकी नै छ तर मैले अन्तिम निर्णय केही दिनमै लिनका लागि भनिसकेकी छु।’

बेलायती शाही परम्परामा महारानीको तर्फबाट आएको यो विज्ञप्ति एकदमै स्पष्ट तथा अनौपचारिक र करिब व्यक्तिगत तरिकाको रहेको बिबिसीले उल्लेख गरेको छ।

राजकुमार ह्यारी र मेगन क्रिस्मसको बिदामा छोरा आर्चीलाई लिएर क्यानडा गएका थिए। बिदा मनाएर स्वदेश फर्किएलगत्तै ह्यारी दम्पतीले अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै शाही जिम्मेवारी त्याग गरी आर्थिक रूपमा स्वतन्त्र हुने घोषणा गरेका थिए।

बकिङ्घम दरबारस्थित विभिन्न स्रोतले बताएअनुसार शाही जिम्मेवारी त्यागेर आर्थिक रूपमा स्वतन्त्त हुने काम गर्ने भन्नेबारको विज्ञप्तिको विषयमा राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग पनि परामर्श गरेका थिएनन्। ह्यारी दम्पतीले बेलायत र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने आफ्नो योजना भएको उल्लेख गरेका थिए। ‘हामी राजपरिवारका ‘वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्न चाहन्छौं। यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौं,’ गत साता सार्वजनिक गरिएको ह्यारी दम्पतीको विज्ञप्तिमा उल्लेख छ।

ह्यारी र मेगनको सम्बन्ध
राजकुमार ह्यारी र मेगन मार्कल प्रेमसम्बन्धमा रहेको भन्ने जानकारी ८ नोभेम्बर २०१६ मा केन्सिङ्टन प्यालेसले वक्तव्य जारी गर्दै गराएको थियो। त्यसपछि २८ नोभेम्बर २०१७ मा ह्यारी र मेगन विवाहका लागि तयार भएको जानकारी सार्वजनिक गरिएको थियो। १५ डिसेन्बर २०१७ मा केन्सिङ्टन दरबारले उनीहरूले मे १९ लाई विवाहको दिन तोकेको बताएको थियो। १९ मे २०१८ मा ह्यारी र मेगनको विवाहसँगै उनीहरूलाई ड्यूक एन्ड डचिस अफ ससिक्स उपाधि प्रदान गरिएको थियो। १५ अक्टोबर २०१८ मा केन्सिङ्टन दरबारद्वारा मेगन गर्भवती भएको जानकारी गराइएको थियो। ह्यारी दम्पतीलाई ६ मे २०१९ मा पुत्रलाभ भएको थियो।

प्रकाशित: १ माघ २०७६ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App