८ वैशाख २०८१ शनिबार
अर्थ

मध्य भोटेकोसीको एक करोड ५० लाख कित्ता सेयर निष्काशन हुँदैै

काठमाडौं - एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि एक करोड ५० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ। मध्य भोटेकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणिकुमार काफ्लेले मंगलबार विज्ञप्ति जारी गरेर सर्वसाधारण र स्थानीयका लागि एक करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ।

एक सय दुई मेगावाटको उक्त जलविद्युत् आयोजना सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन अवस्थामा छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत अर्थात ६० लाख किता र सर्वसाधारणको १५ प्रतिशत अर्थात ९० लाख कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गर्ने जनाएको छ। कम्पनीका अनुसार एक अर्ब ५० करोड रुपैयाँको सेयरको मूल्य रहनेछ। उक्त सेयर प्रतिकित्ता एक सय रुपैयाँ पर्न आउनेछ। कम्पनीले सेयर निष्काशनका लागि  नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्बन्धी सम्झौता मंगलबार भएको जनाएको छ।

मध्य भोटेकोशीमा सस्थापक सेयरधनीको ५१ प्रतिशत हिस्सा छ। त्यसैगरी साधारण सेयरतर्फ ४९ प्रतिशत हिस्सा छ। ४९ प्रतिशतको साधारण सेयरतर्फ कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताको १९.५ प्रतिशत, सस्थापक कम्पनीका कर्मचारीका लागि ३.५ प्रतिशत, ऋणदाता संस्थाका कर्मचारीका लागि  एक प्रतिशत गरी २४ प्रतिशत सेयर निष्काशन गरिसकेको छ। आयोजनाको हालसम्म ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।

प्रकाशित: १ माघ २०७६ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App