७ वैशाख २०८१ शुक्रबार
अर्थ

पुँजी बजारमा साढे चार अर्ब थपिँदै

काठमाडौं - मुलुकका अधिकांश हाइड्रोपावर कम्पनीको सेयर घट्दै गएका बेला थप नौ कम्पनीले साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेवोन)का अनुसार मुलुकको पुँजी बजारमा करिब चार अर्ब ४० करोड ६५ लाख रुपैयाँ थप हुने भएको छ। १४ वटा कम्पनीले करिब चार करोड ४० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको जनाएको छ। बोर्डका अनुसार साधारण सेयर निष्कासनका लागि सबैभन्दा बढी नौवटा जलविद्युत् कम्पनी रहेका छन्। त्यस्तै मुलुकका एकमात्र पुनर्बिमा कम्पनी ‘नेपाल इन्स्योरेन्स कम्पनी’, तीन अन्य कम्पनी, र एक मर्चेन्ट बैंक अनुमतिको पर्खाइमा छन्।

बोर्डका अनुसार साधारण सेयर निष्कासन गर्न पर्खाइमा रहेका जलविद्युत् कम्पनीमा हिमालयन हाइड्रोपावर, शुभव पावर, तेह«थुम पावर, मैलुङ खोला जलविद्युत् कम्पनी, माउन्टेन इनर्जी नेपाल रहेका छन्। त्यसैगरी, ग्रिनलाइफ हाइड्रोेपावर, सिङ्गटी हाइड्रो पावर, युनाइटेड आइडिआई मार्दी एन्ड आरबी हाइड्रोपावर र सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको बोर्डले जनाएको छ। यी जलविद्युत् कम्पनीले दुई अर्ब १३ करोड ४९ लाख तीन हजार दुई सय  रुपैयाँ बराबरको करिब दुई करोड १३ लाख ४९ हजार तीन सय २० कित्ता सेयर निष्काशन गर्न अनुमति लिएकाले प्रक्रियामा रहेको बोर्डले जनाएको छ।

बोर्डका अनुसार साधारण सेयर निष्कासन गर्ने जलविद्युत् कम्पनीमा सबैभन्दा बढी सिङ्गटी हाइड्रो पावर कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता रहेको छ। कम्पनीको इस्यू मेनेजर मेघा क्यापिटल मार्केट्स रहेको छ।
त्यसैगरी, जलविद्युत् कम्पनीमा सबैभन्दा थोरै साधारण सेयर शुभम पावर कम्पनीको रहेको छ। सिबिआइएल क्यापिटल इस्यू म्यानेजर नियुक्त गरेको कम्पनीले पाँच करोड ८० लाख पाँच हजार आठ सय रुपैयाँ बराबरको पाँच लाख ८० हजार पाँच सय ८० कित्ता साधारण सेयर निष्कासनका लागि आवदेन दिएका बोर्डले जनाएको छ।

हिमालयन हाइड्रोपावर कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन पाइपलाइलनमा रहेको छ। तेह्रथुम पावर  कम्पनीले स्थानिय र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एनआइबिएल एस क्यापिटललाई इस्यो मेनेजर नियुक्त गरेको जनाएको छ। मैलुङखोला जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सात करोड ३६ लाख दुई सय ८६ कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ। सात लाख ३६ हजार दुई सय ८६ कित्ता साधारण सेयर निष्कासनका लागी सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।

त्यसैगरी, माउन्टेल इनर्जी नेपालले स्थानीय र सर्वसाधारणका लागि ३९ करोड ३६ लाख पाँच हजार चार सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्कासन गर्नै भएको छ। कम्पनीले उक्त सेयर निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङलाई इस्यू मेनेजर नियुक्त गरेको छ। बोर्डका अनुसार ग्रिनलाइफ हाइड्रो पावर कम्पनीले ३४ लाख ९६ हजार चार सय कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ। स्थानीय र सर्वसाधारणका लागि ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्न बिओके क्यापिटल मार्केटलाई इस्यू मेनेजर नियुक्त गरेको कम्पनीले जनाएको छ।

त्यसैगरी, लिबर्टि ईनर्जि कम्पनीले ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ३७ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न एनाआइबिएल एस क्यापिटललाई इस्यू मेनेजर नियुक्त गरेको जनाएको छ। त्यसैगरी, युनाइटेड आइडीआई मार्दि एन्ड आरबी हाइड्रोपावरले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्न ग्लोवल आइएमईलाई इस्यू मेनेजर नियुक्त गरेको कम्पनीले जनाएको छ।

सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख १८ हजार दुई सय ३० कित्ता साधारण सेयर निष्कासन गर्नै भएको छ। कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्न सनराइज क्यापिटललाई इस्यू मेनेजर नियुक्त गरेको छ। बोर्डका अनुसार नेपाल पुनर्बिमा कम्पनीको एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ। आरबिबी मर्चेन्ट बैंकिङलाई इस्यू मेनेजर नियुक्त गरेको कम्पनी मुलुकको पहिलो पुनर्बिमा कम्पनी हो।

एनआरएन इन्भेस्टमेन्ट कम्पनीको ३३ लाख ९८ हजार ४६ कित्ता, सिबिआइएल क्यापिटलको तीन लाख कित्ता, इमर्जिङ नेपालको पाँच लाख कित्ता साधारण सेयर निष्कासनका लागि पाइपलाइनमा रहेको बोर्डले जनाएको छ।

प्रकाशित: १ माघ २०७६ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App