coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सागका खेलाडी र प्रशिक्षकलाई सम्मान

मकवानपुर- १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता मकवानपुरे खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले सागमा चार स्वर्ण, चार रजत र पाँच काँस्य पदक विजेतासहित १३ जना खेलाडी र  पाँच जना प्रशिक्षकलाई मंगलबार नगदसहित सम्मान गरेको हो।

खेलाडी तर्फ स्वर्ण पदक विजेता फुटबलका सुनिल बल, तेक्वान्दोका संजिवकुमार ओझा र निशा दर्नाल, कराँतेका महसुस मोक्तान, रजत पदक विजेता बाँस्केटबलकी माया स्याङ्तान र निकेश मगर, उसुकी शीलु डंगोल तथा हेन्डबलकी देवकुमारी बाँस्कोटा र काँस्य पदक विजेता कराँते रीता कार्की, बक्सिङका पुरन राई र विकास लामा, उसुका हरिप्रसाद गोले तथा खोखोका राजन बललाई सम्मान गरिएको थियो।

त्यस्तै, प्रशिक्षकहरुमा बक्सिङका लालबहादुर पौडेल, कराँतेका नरेन्द्र श्रेष्ठ, तेक्वान्दोका माधव कोइराला, फुटबलका विजयलाल श्रेष्ठ र उसुका राष्ट्रिय प्रशिक्षक विमल थापा मगरलाई सम्मान गरिएको थियो।

स्वर्ण विजेतालाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ र जिल्ला समन्वय समितिले २५ हजार रुपैयाँ, रजत बिजेतालाई उपमहानगरपालिकाले ७५ हजार रुपैयाँ र समन्वय समितिले २० हजार रुपैयाँ, काँस्य पदक विजेतालाई उपमहानगरपालिकाले ५० हजार रुपैयाँ र समन्वय समितिले १५ हजार रुपैयाँसहित सम्मान गरेको थियो।

त्यस्तै, उपमहानगरपालिकाले उसुका प्रशिक्षकलाई २५ हजार रुपैयाँ र अन्य प्रशिक्षकलाई जनही सात हजार रुपैयाँ तथा समन्वय समितिले सबै प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान गरेको थियो।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडाशैनी, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल ‘राजन’लगायतले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए।

प्रकाशित: २९ पुस २०७६ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App