१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एनसेल टावरमा बम विष्फोट

इलाम- जिल्लाको देउमाई नगरपालिकास्थित जितपुरमा रहेको निजी मोबाइल कम्पनी एनसेलको टावरमा अज्ञात समूहले बम विष्फोट गराएको छ।

सोमबार राति भएको विष्फोटबाट टावरको जेनेरेटर र अन्य विद्युतीय सामाग्रीमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सुतली बम विष्फोट गराइएको र टावरछेउमा रहेको अर्काे बम भने नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ पुस २०७६ १३:०७ मंगलबार

एनसेल_टावर विष्फोट