coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्प सुरक्षा दिवसको तयारी पूरा

भक्तपुर- आगामी माघ २ गते भक्तपुरमा हुने राष्ट्रिय भूकम्प सुरक्षा दिवसको तयारी पूरा भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

दिवस भव्यताका साथ सफल पार्न नगरपालिका श्यानिटेश उपशाखामा कार्यरत वडा निरीक्षक, ड्राइभर र हेल्परहरुको भेलामा नगरपालिका वातावरण समितिका संयोजक रबिन्द्र ज्याख्व उक्त जानकारी दिएका हुन्। उनले राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्यताका साथ सम्पन्न गर्न सरसफाई, खानेपानी, ट्राफिक व्यस्थापन, पार्किङ तथा बजार व्यवस्थापन गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

कार्यक्रममा प्रशासकीय अधिकृत दामोदर सुवालले नगरको पूर्व लामगाल पोखरी र पश्चिम भाजु पोखरीबाट र्‍यालीसहित हुने राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा विभिन्न संघसंस्थाका हजारौं सहभागी हुने भएकोले र्‍याली व्यवस्थापन, मञ्च व्यवस्थापन, अतिथि सत्कार, ब्यानर र मेच समेतको व्यवस्थापनमा व्यवस्थित गर्न अनुरोध गरे।

यो वर्षको मुल कार्यक्रम माघ २ गते भक्तपुर दरवार क्षेत्रमा हुनेछ। कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिने नगरपालिकाले जनाएको छ।

 

प्रकाशित: २९ पुस २०७६ १२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App