coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई महिनाभित्र रेल आउँछ : मन्त्री नेम्वाङ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर जयनगर रेल २ महिनाभित्रमा सञ्चालनमा आउने बताएका छन्।

मंगलबार राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन्। ट्रयाक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट रेल खगरिका लागि अर्डर समेत भइसकेको उनले बताए। जी टु जी माध्यमबाट रेल खरिद गरिने छ। २ महिनाभित्रमा जयनगर जनकपुर ३५ किलोमिटरको रेल सञ्चालनम आउने र त्यसपछि बर्दिबाससम्म विस्तार हुनेमा ढुक्क रहन उनले आग्रह गरे। 'यति दिन भनेर मिति तोक्न सक्दिन तर चाडै नेपालमा रेल सञ्चालन भएको देखिन्छ। रेलको बाटो निर्माण भएको देखिन्छ। रेल ऐन आइसकेको छ’, उनले भने।

सरकारले संघ अन्तर्गत पर्ने बाटोहरुको पूर्ननिर्माणका कामहरु गरिरहेको उनले बताए। खाल्डा पुर्ने, कालोपत्रे गर्ने कामहरु संघीय सरकारले गरिरहेको उनले बताए। संघ अन्तर्गत रहेको १२ हजार किलोमिटर सडकको मर्मतको कामभइरहेका र करिब ४७ किलोमिटर सडक स्थानीय र प्रदेश सरकारले हेर्ने उनले बताए।

समिति बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक इञ्जिनियर गोगनबहादुर हमालले स्थानीय तहभित्र रहेको यातायात व्यवस्थापन गर्ने दायित्व स्थानीय सरकार, प्रदेशभित्रको व्यवस्थापन गर्ने दायित्व प्रदेश सरकारको भएको बताए। दुई प्रदेश जोडिएको हकमा, समग्र यातायात व्यवस्थापन सम्बन्धी मापदण्ड नीति बनाउने काम संघीय सरकारले गर्ने गरी जिम्मेवारी तोकिएको उनले बताए। दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी, गृहमन्त्रालयसँग पनि छलफल भइ योजनाहरु बनाउने काम सुरु गरिएको उनले बताए।

समितिमा सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावि डोजर किनेर जथाभावि सडक निर्माण गरि गाडी गुडाउने गरेको अवस्था रहेको र त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताए। जनताको आवश्यकता अनुसार भन्दा जनप्रतिनिधिहरुले बिना अध्ययन आफ्नो घरसम्म जाने बाटो निर्माण गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उनको आग्रह छ। स्थानीय स्तरमा निर्माण हुने सडकको मापदण्ड मन्त्रालयले तोक्नुपर्ने उनले बताए।

समितिमा मंगलबार यातायात व्यवस्थित गर्न दिइएको निर्देशन सडक जोखिम व्यवस्थापन, सडक दुर्घटना र धनजनको क्षति न्यूनीकरण गर्ने आवश्यक कार्ययोजना बनाएर लागु गर्ने गराउने सम्बन्ध् दिइएको निर्देशनको पालना भए नभएको विषयमा मन्त्री यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल भएको थियो।

प्रकाशित: २९ पुस २०७६ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App