coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कञ्चनपुरमा ११ छाउगोठ भत्काइयो

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ। सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको सुरुवात गर्दै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिए।

अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको अभियानमा सहभागिता रहेको थियो।

प्रकाशित: २९ पुस २०७६ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App