८ वैशाख २०८१ शनिबार
अर्थ

गठ्ठाघरमा भक्तपुरकै ठूलो तरकारी बजार

भक्तपुर – काठमाडौंको कालीमाटी पछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार मंगलबारदेखि सञ्चालनमा आउने भएको छ। अन्नपूर्ण बहुमुखी सरकारी संस्था लिमिटेडले मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा जिल्लामै पहिलोपटक तरकारीको ठूलो बजार सञ्चालनमा ल्याउन लागिएको हो।

अन्नपूर्ण तरकारी तथा फलफूल बजारको नामबाट कारोबार सुरु गर्न लागेको सहकारी संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। संस्थाका अध्यक्ष देवराज न्यौपानेले आठ रोपनी क्षेत्रफलमा दुई सयवटा कक्ष रहेको, दुई रोपनी क्षेत्रफलमा पार्किङ समेतको व्यवस्था गरी तरकारी बजार सुरु गर्न लागिएको जानकारी दिए। व्यक्तिले सञ्चालन गर्दै आएको भक्तपुर तरकारी तथा फलफूल बजारलाई विस्तार गरी सहकारी संस्थाले बृहत् रूपमा ठूलो तरकारी बजार सञ्चालनमा आउने भएको हो।

नेपाल कम्युनिस्ट पाटी (नेकपा)का जिल्ला कमिटी सदस्य एवं युवा नेता श्यामसुन्दर बस्नेतले गठ्ठाघरमा जिल्लाकै पहिलो व्यवस्थित ठूलो तरकारी बजार सञ्चालनमा ल्याउन लागेका हन्। मध्यपुरथिमिको चारदोबाटो, गठ्ठाघर र सूर्यविनायकको बालकोटको मुख्य सडकबाट तरकारी बजारमा जानसक्ने गरी दुईतर्फी पक्की सडकसमेत विस्तार गरी कृषकलाई बजार खोज्न नपर्ने र बिचौलियाको अन्त्य गर्ने लक्ष्यका साथ तरकारी बजार सञ्चालनमा ल्याइने सञ्चालक शिवहरि खनालले जानकारी दिए।

कालीमाटी र बल्खुलगायतका अन्य तरकारी बजारभन्दा सस्तोमा उपभोक्तालाई सहजै ताजा तरकारी उपलब्ध गराउने, कृषकको मेहनतअनुसार उचित मूल्य दिएर गाउँगाउँबाट तरकारी संकलन गर्ने गरी व्यवस्था गरिएको उनको भनाइ छ। सहकारी संस्थाका सचिव एवं तरकारी बजारका सञ्चालक बस्नेतले बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफस्ल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी समेतको व्यवस्था गरिएको जानकारी दिँदै व्यापारीदेखि उपभोक्तासमेतलाई सहज हुने गरी सहकारी संस्थाले तरकारी बजार सञ्चालन गर्ने बताए। तरकारी बजार र संकलन केन्द्रमा प्रत्यक्ष चारभन्दा बढीलाई तथा एक हजारलाई अप्रत्यक्ष रोजगारीको व्यवस्था समेत गरेको सञ्चालक बस्नेत बताए।

प्रकाशित: २९ पुस २०७६ ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App