एमसीसी विवाद र वास्तविकता

मङ्गलबार, २९ पुष २०७६, ११ : ५७ होमप्रसाद लम्साल

 नेपाली राजनीतिमा हरेक तीन महिनामा एक न एक तरंग चलिरहन्छ। कुनै न कुनै नयाँ विषयले बजार छाई रहन्छ। त्यसैगरी पछिल्लो समय बजार तातेको एउटा महत्वपूर्ण विषय हो अमेरिकी सहयोग निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)द्धारा उपलब्ध गराउने भनिएको ५५ अर्ब सहयोगको विषय।  नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता संसद्बाट अनुमोदन हुन सकेको छैन । जति देशमा एमसिसी सहयोग पाउँछन् सबैतिर संसदीय अनुमोदन त्यसको एक महत्पूर्ण सर्त रहेको छ। ईन्डोनेसिया बाहेकको विश्वका सबै देशले संसदीय अनुमोदन त्यसको पहिलो सर्त हो। त्यसको सिधा अर्थ हो जनअनुमोदन।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय– मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता भयो र त्यो चालु अधिवेसन सकिए पनि पारित हुन सकेन। त्यहि अधिवेसनमा पास गराउने र काम सुचारु गर्ने सरकारी प्रतिवद्धता पुरा नभएपछि दाता पक्ष सशंकित हुनु स्वभाविक हो। नेपालको भुराजनीतिक रुपमा चीनबाट बढ्दै गएको प्रभावको असरका रुपमा त्यस सहयोगको कार्यन्वयन शंकाको घेरामा परेको हो।

के हो एमसीसी– (मिलेनियम च्यालेन्ज कर्पोरेसन) ?  

सन् २००४ जनवरी २३ तारिकमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको स्थापना भएको थियो। विश्वका गरिब देशमा जनताको हक अधिकार स्थापित गराउँदै आर्थिक समाजिक विकास गराउन तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको पालामा यसको सुरुवात भएको हो। अमेरिकी सरकारले विश्वभर लोकतन्त्रको सुदृढीकरण, कानुनी शासन, जनताको राजनीतिक अधिकार, समातामुलक समाज निर्माण, भ्रष्टाचार निवारण, जनताको सूचनाको अधिकार, शिक्षा, स्वास्थ्य, विधुत प्रशारण लाईनको विकास, आर्थिक विकास, जमिनको सदुपयोग र अधिकार, सडक सन्जाल निर्माण, खाने पानीलगायत विषयमा विश्वभर ७७ देशमा १३ विलियन भन्दा बढी रकम सहयोग गर्दै आएको छ। दक्षिण एसियामा भारत, पाकिस्तान, भुटान, श्रीलंका, बंगलादेशले यो सहयोग पाईरहेका छन्। यो सहयोग पाउनका लागि लोकतान्त्रिक मुल्य मान्यतामा आधारित सर्त निश्चित मापदण्ड पास गर्नु पर्ने हुन्छ।

सन् २०१२ देखि नेपालका लागि एमसीसी सहयोग ल्याउन विभिन्न चरणको सुचांकहरु अध्ययन गर्दै आएको देखिन्छ। त्यसका लागि नेपाल सरकार र अमेरिकी सरकारबीच २०७१ भदौ २९ मा अमेरिकाको राजधानी वासिङ्टनमा सम्झौता भएको थियो । नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र अमेरिकाका तर्फबाट एमसीसीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नाशले हस्ताक्षर गरेका थिए ।

सम्झौतामा एमसीसीले करिब ५५ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) अनुदान सहयोग उपलब्ध गराउने र उक्त रकम नेपालको ऊर्जा तथा यातायात क्षेत्रको विकासका लागि खर्च गरिने भनिएको छ । सम्झौता लागू भएका दिनबाट पाँच वर्षभित्र कार्य सम्पन्न गरिसक्नुपर्ने उल्लेख छ । नेपाल सरकारले आफ्नातर्फबाट १ सय ३० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब रुपैयाँ) प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि सहलगानी गर्नुपर्नेछ, जुन प्रत्येक वर्ष विनियोजन गर्नुपर्छ । एमसीसीको सहयोग र नेपाल सरकारले विनियोजन गरेको रकम काठमाडौंको उत्तरपूर्व अवस्थित लप्सीफेदीदेखि रातमाटे, रातमाटेदेखि हेटौंडा, रातमाटेदेखि दमौली, दमौलीदेखि बुटवल र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा ४ सय केभी क्षमताको ३ सय किमि लामो प्रसारण लाइन निर्माणका लागि हो भने यस अन्तर्गत रातमाटे, दमौली र बुटवलमा सवस्टेसन निर्माण गरिने भनिएको छ । प्रसारण लाइन र सवस्टेसन निर्माणका लागि करिब ४ सय मिलियन अमेरिकी डलर खर्च गरिनेछ ।

विरोधको मुल कारण ?

यो परियोजना शुरु भएपछि अमेरिकी टोली पटकपटक नेपालको अवस्था अध्ययन गर्न र कामको मूल्यांकन गर्न आएको छ। त्यहि चरणमा सोही टोलीलाई प्रतिनिधित्व गर्नेमध्येका एक टोली कफरोथले एक लेख मार्फत भनेका छन की परियोजना सन्चालन गर्दा पारदर्शिता र जवाफदेहिताको कुरा उठाउने बित्तिकै सरकारी पक्ष झस्केका हुन। आखिर यो विषय नेपालको लागि निकै गंभीर हो। राजनीतिक आवरणमा नेपालमा भ्रष्टाचार निकै मौलाएको छ। सबै राजनीतिमा फरक मान्यता राख्ने दलहरु पनि पारदर्शिताको कुरा आउने वित्तिकै एकाकार हुने गरेको देखिन्छ। 

अर्को विषय भनेको यो परियोजनाको संझौताको एक बुँदामा छिमेकी भारतसंग सम्बन्धित छ। परियोजनाले विधुत पुर्वाधार र उत्पादित विधुत भारत र बंगदालेशलाई बेच्ने विषय भएकोले बंगलादेशलाई विधुत दिदा भारतीय भुमी प्रयोग गर्नु पर्ने र भारतलाई दिदा उ आफैसंग सरोकार रहने हुनाले त्यो बुँदा रहेको छ।  पैसा तिर्ने बजार नभएसम्म जलविद्युत् विकास गर्न सकिँदैन। त्यसको मतलब, भारत हो भन्ने कुरा भूगोल र अर्थतन्त्रको साधारण तथ्य हो। यदि नेपाल बंलादेशलाई ऊर्जा बेच्न चाहन्छ भने भारतसँग एउटा समझदारी आवश्यक हुन्छ। अर्को तेश्रो कारण हुनसक्दछ ईन्डो प्यासिफिक रणनीतिको एक अंश यो परियोजना भन्दै चीन शसंकित भएपछि त्यसको तरंग।

सिधा विषय के हो भने कुनै पनि देशले दिने सहयोगमा केहि न केहि स्वार्थ हुन्छ नै तर त्यसले देश विकासमा पार्ने प्रभाव र दशर्कौदेखिको कुटनीतिक सम्बन्धको आधारलाई केलाएर कार्यन्वयन गर्नु पर्दछ नकी कसैलाई खुसी पार्न होईन।

विश्व राजनीतिमा नेपालमा दुई कम्यूनिष्ट मिलेर लडेको चुनावमा दुई तिहाई नजिक पुगेपछि लोकतन्त्रको दुहाई दिने केहि मुलुकका लागि नेपालमा आएको चुनावी परिणाम टाउको दुखाई हुन पुग्यो। हुन पनि निर्वाचनबाट कम्यूनिष्ट सत्तामा पुग्दैनन् भन्नेहरुले नेपालको राजनीति अपवाद हुन पुग्यो। इजरायलको राजधानीको विषयमा राष्ट्रसंघमा भएको मतदान होस वा भेनेजुयला काण्ड भनौं विस्तारै अमेरीकासंगको सात दशक लामो कुटनीतिक सम्बन्धमा कुटनीतिका पण्डितहरुका अनुसार हाल सम्मकै खराब स्थिति बनाइयो। 

पछिल्ला दिनहरुमा चिनियाँ पक्षसंग नजिकिने होडबाजी चल्नु र अमेरिकासंग पाएको सहयोग पनि अनेक बहानाबाजी गर्दै कार्यान्वयन नगर्न खोज्नु नेपाली भौगोलिक सन्र्दभ र कुटनीतिक मर्यादा बाहिरको विषय हो।

अमेरिकाले झण्डै एक दशकपछि अघिल्लो डिसेम्बर १८ तारिकमा नेपालको परराष्ट्रस्तरीय भेट गराएर सम्बन्ध नजिक बनाउन खोजेको सन्देश दियो तर नेपाल सरकार एक पछि अर्को गर्दै कुटनीतिक तरिकाले सम्बन्ध बनाउनुको साटो थप अराजक बन्दै गएको विभिन्न घटनाले पुष्टि गर्दछ। यसको मुल जड कुटनीतिक मर्म अनुसार मुलुक नचल्नु नै हो।

त्यसैगरी नेपालको अध्यागमन विभागले केहि समय अघि एकजना अमेरिकी नागरिकलाई त्रिभुवन विमानस्थलबाट फिर्ता गरेकोमा अमेरिकाले असन्तुष्टि प्रकट गरेको थियो। भारत निर्वासनमा रहेका तिब्बती धर्म गुरु दलाई लामाका अनुयायीसँग नाम मिलेपछि शंकाका भरमा उनलाई फिर्ता गरिएको स्पष्टीकरण गृह मन्त्रालयले दिएको छ। तिनलाई ‘चीनको दबाब’मा फिर्ता गरिएको भन्दै अमेरिकाले असन्तुटि प्रकट गरेको थियो।

अमेरिकी अधिकारीको भनाई

अमेरिकी अधिकारीहरु पछिल्ला दिनहरुमा नेपाललाई नजिकबाट नियाली रहेको विभिन्न घटनाहरुबाट पुष्टि हुन्छ। लामो समयदेखि रोकिएको परराष्ट्रमन्त्री स्तरीय भेटलाई निरन्तरता दिनु, भेनेजुयला काण्डमा अमेरिकास्थित नेपाली राजदूत डा अर्जुन कार्कीलाई बोलाएर स्पष्टिकरण नै लिनु, केहि समय अघि  नेपालका निर्वाचित प्रतिनिधिहरूले अमेरिकी सहयोग अस्वीकार गर्ने निर्णय गरे भने त्यो नेपालको सार्वभौम निर्णय हुने तर हामीबीचको ७ दशक लामो साझेदारीको भावनाको अनपेक्षित बदलाव हुने चेतावनी यूक्त बनाई आई सकेको छ।

अमेरिकी राजदूत बेरीले केहि समय अघि ईन्डो प्यासिफिकको विषयमा नागरिक दैनिकमा प्रकाशित लेखमा भनेका छन् की नेपालले युनिभर्सल डेक्लरेसन अफ ह्युमन राइट्सको अनुमोदन गरेर जेनेभामा नेपालको एउटा मिसन रहेको र संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदमा नेपालको सिट भएको सन्र्दभ जोड्दै स्वतन्त्र, खुला र मजबुत इन्डो–प्यासिफिकको समर्थन गर्नु सबै राष्ट्रको हितमा रहेको बताएका छन्। यो सिद्धान्तहरूका पक्षमा छ, तिनै सिद्धान्त जसले चीनको उदय सम्भव तुल्यायो। हामीले ती सिद्धान्तहरूको संरक्षण गर्नु र तीबाट सबैले फाइदा लिने मौका पाउने कुरा सुनिश्चित गर्नुपर्दैन? इन्डो–प्यासिफिक स्ट्राटजी यस क्षेत्रमा हामीले गर्ने समग्र कामलाई दिइएको नाम मात्र हो। केही मानिस यसको सुरक्षा पाटोमा केन्द्रित हुन्छन्। राजदूत बेरीले भनेका छन् अमेरिकासँगको लामो साझेदारीको इतिहास र हाम्रो असल मनसाय दर्शाउने दशकौंको प्रमाणका बाबजुद पनि हाम्रो साझेदारी आशंकाले क्षति गरेर अनि गलत सूचनाले विचलित बनाउनेबारे म चिन्तित छु।  वास्तविक, परिणामजनक निर्णयहरू गर्नुपर्ने छन् र पालना गर्नुपर्ने प्रतिबद्धताहरू छन, तर गलत सूचनाले तिनलाई हाल जटिल बनाइदिएको उनको दावी छ।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad