१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अस्ट्रेलियामा विवेक श्रेष्ठको कन्सर्ट हुँदै

काठमाडौं – नेपाली सांगीतिक ब्यान्ड ‘कन्दरा’ का गायक विवेक श्रेष्ठको अस्ट्रेलियामा अन्तर्राष्ट्रियस्तरको सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा गायक विवेक श्रेष्ठले ‘युफोनिक ः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ’ बारे जानकारी गराए।

पछिल्लो समय अस्ट्रेलियामा बस्दै आएका गायक श्रेष्ठले ‘युफोनिक ः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ’ नामक कार्यक्रममा करिब दुई दर्जन गीतहरू प्रस्तुत गर्नेछन्। कार्यक्रमको आयोजकमा सोलाङ्चरले गर्दैछ।

‘प्रवासमा रहेका नेपाली समुदायको नेपाली संगीतमा लामो योगदान नरहेपनि आफ्नोपनको गीत संगीतमा अथाह माया, सद्भाव र लगाव छ। नेपालमा आयोजना भइरहेको संगीत रियालिटी सोहरूलाई त्यो स्वरूपमा प्रस्तुत गर्न प्रवासीहरूको अहम भूमिका छ। त्यसैले मैले यो कार्यक्रमको परिकल्पना गरेको हुँ, ’गायक श्रेष्ठले भने, ‘यसलाई विश्वव्यापी रूपमा लैजानका लागि अभियानको रूपमा सुरु गरिएको छ। मपछि नयाँ पुस्ताका अन्य कलाकारले पनि काठमाडौंदेखि संसारका विभिन्न मुलुकमा गर्नेछन्।’ गीत सुन्नेभन्दा हेर्ने र रमाइलो गर्ने माध्यमका रुपमा लिइएको बेला यो कन्सर्ट श्रवणीय, अनुशासित र विश्वस्तरीय हुने उनको दाबी छ।

सो सांगीतिक कार्यक्रम विज्ले कन्फेरेन्स एन्ड थिएटर सिड्नीमा आगामी फेब्रुअरी १५ र अस्ट्रेलियामा भएको एमटिभी अनप्लग्डको पहिलो कार्यक्रमको सभा हल मिट मार्केट मेल्बर्नमा फेब्रुअरी २२ मा हुँदैछ। कार्यक्रममा बोल्दै गीतकार यादव खरेलले पुराना स्रष्टाको सिर्जनालाई जोगाउन सो कन्सर्टले महत्वपूर्ण भूमिका खेलेको बताए। ‘नेपाली संगीतका पुराना स्रष्टाहरूको सिर्जना हराउँदै गएको अवस्थामा गायक विवेकले गर्न लाग्नु भएको यो अभियान सराहनीयमात्रै नभएर स्तुत्य छ।’ संगीतकार अनिल शाहीले गायक विवेकको यस किसिमको प्रयासले संसारभर हुने कन्सर्टमा स्तरियता ल्याउनमा सहयोग गर्ने बताए।

प्रकाशित: २९ पुस २०७६ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App