अन्नपूर्ण पदमार्गका पर्यटक घटे

मङ्गलबार, २९ पुष २०७६, ०९ : २६ नागरिक

लमजुङ – विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन्। पर्यटक बढी आउने याममा दैनिक तीन–चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन्।  

अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा दर्जनौं होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेको पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए। उनले भने, ‘पर्यटकको चाप हुँदा दैनिक ५०–६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पाँच–दश हजार पनि आम्दानी हुन सकेको छैन।’ त्यस्तै, पर्यटन व्यवसायी नरबहादुर गुरुङले भने, ‘केही समयसम्म पर्यटकलाई खाना खुवाउनदेखि सेवा गर्नका लागि भ्याइनभ्याइ हुन्थ्यो, अहिले पर्यटक नआउँदा फुर्सदिला भएका छौँ, आम्दानी समेत हुन छोडेको छ।’

मनाङका पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार यस जिल्लामा चिसो बढ्दै पर्यटक घट्दै गएपछि अधिकांश होटल बन्द गरेर जिल्ला बाहिर गएका छन्। यतिबेला यस पदमार्गमा दैनिक १५–२० जना पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ।  ‘भ्रमण वर्ष २०२० मा आउने तथा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौं तर चिसोका कारणले पर्यटक कम भएकाले पदमार्गदेखि होटल व्यवसायसमेत सुनसान बनेको छ,’ एक्याप मनाङका कैलाशबाबु तिवारीले भने। अत्यधिक चिसो भए पनि हिउँ तथा चिसोमा रमाउने विदेशी पर्यटक भने अलिअलि आइरहेको उनको भनाइ छ।

पर्यटक हिमाली, पहाड दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ। अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मस्ताङ, कास्की र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad