शिवमायालाई सभामुख बनाउन महिला अधिकारकर्मीको माग

मङ्गलबार, २९ पुष २०७६, ०८ : ४४ नागरिक

काठमाडौं - उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई नै प्रतिनिधिसभाको सभाको सभामुख बनाउनुपर्नेमा महिला अधिकारकर्मीले जोड दिएका छन्। नेपालको महिला आन्दोलनमा सहभागी ७० जनाभन्दा बढी सहभागी सोमबारको भेलाले तुम्बाहम्फे सभामुखका लागि योग्य रहेको निष्कर्ष निकालेका हुन्।

भेलाले उपसभामुख रहँदा उनले कुनै विवादित काम नगरेको र आफ्नो जिम्मेवारी कुशलतापूर्व निभाएको भन्दै सभामुखमा उहाँलाई अघि सार्न आग्रह गरेको छ। ‘उपसभामुखमा उहाँले आफूलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गर्नु भएकाले अबको सभामुखमा उहाँलाई उपयुक्त ठानी सबै राजनीतिक दलबाट विवेकपूर्ण निर्णय हुनेमा आफूहरू विश्वस्त रहेको,’ भन्ने भेलाको निष्कर्ष छ। राजधानीमा भएको महिला अधिकारकर्मीहरुको भेलाले केही दिनदेखि अवरुद्ध संसद् र सभामुख, उपसभामुखसम्बन्धी विषयबारे छलफल गरेको थियो। उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिएर लिएको अडानले सबैको शिर उच्च बनाएको पनि भेलाले निष्कर्ष निकालेको छ।

जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गम्भीर चासो प्रकट गर्दै बिधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशनमा पास गर्नुपर्ने नागरिकतालगायत विधेयकप्रति विशेष चासो रहेको पनि भेलाले निष्कर्ष निकालेको छ। भेलामा महिला तथा मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा सञ्चारकर्मीलगायत नागरिक समाजका विभिन्न अन्तरपुस्ता समेट्ने महिला तथा पुरुषको सहभागिता रहेको थियो।

भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण पनि गरेको छ। न्याय र समानताको पक्षमा बोल्ने नागरिक समाजका प्रतिनिधि, प्राज्ञिक व्यक्तित्व, राजनीतक विश्लेषक, मिडिया, महिला तथा पुरुष राजनीतिकर्मीको सरहाना पनि गरिएको छ।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad